नेभिगेशन
प्रदेश

गोलबजार घटनाको छानबिन गर्न समिति गठन

जनकपुरधाम । सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा एक जनालाई गोली लागेर मृत्यु भएको घटनाको छानबिन गर्न मधेस प्रदेश प्रहरी कार्यालयले छानबिन समिति गठन गरेको छ । धनुषाका प्रहरी उपरीक्षक भेषराज रिजालको संयोजकत्वमा मधेस प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक यशराज भट्ट र असई गोविन्द झा सदस्य रहनेगरी छानबिन समिति गठन गरिएको हो ।

समितिलाई घटनाको सत्यतथ्य छानबिन गर्न कार्यादेश दिइएको धनुषाका डीआइजी ओमप्रसाद अधिकारीले जानकारी दिए । 
यसैबीच जिल्ला प्रशासन कार्यालय सप्तरीले जिल्लाको बोदेबरसाइन नगरपालिका क्षेत्रमा कफ्र्यु लगाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्