नेभिगेशन
खेलकुद

मेसी मैदान फर्किए तर गोल गर्न सकेनन्

विश्वकपको फाइनलपछि पहिलो पटक मैदानमा फर्किएका अर्जेन्टिनी स्टार लियोनेल मेसीले गोल गर्न नसके पनि उनको टोली इन्टर मियामीले मेजर लिग सकर (एमएलएस) मा कोलम्बस क्रुसँग २–२ को बराबरी खेलेको छ ।
स्पेनसँग फिफा विश्वकप फाइनलमा पराजित भएको दुई सातापछि मेसी शनिबार दोस्रो हाफमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका थिए । खेलको अन्तिम समयमा उनले केही राम्रो अवसर सिर्जना गरे पनि गोल गर्न सकेनन् ।
मियामीमा खराब मौसमका कारण ४० मिनेट ढिलो सुरु भएको खेलको १६औँ मिनेटमा उरुग्वेली फरवार्ड लुइस स्वारेजले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । तर ३४औँ मिनेटमा मियामीका मिडफिल्डर कासेमिरोबाट आत्मघाती गोल भएपछि खेल १–१ को बराबरीमा पुग्यो । त्यसपछि स्वारेजकै पासमा नोआ एलेनले हेडमार्फत गोल गर्दै पहिलो हाफअघि मियामीलाई २–१ ले अघि बढाए । तर ८४औँ मिनेटमा कोलम्बसका नयाँ खेलाडी ब्राइस मेन्डेजले फ्रिकिकमार्फत बराबरी गोल गरे ।
यो नतिजासँगै मियामीको लगातार छ खेलको जितको यात्रा रोकिएको छ । टोली पूर्वी सम्मेलनमा न्यासभिलपछि दोस्रो स्थानमा कायम छ ।
यता, शिकागो फायरका लागि घरेलु मैदानमा पहिलो खेल खेल्दै पोल्यान्डका रोबर्ट लेवान्डोस्कीले दुई गोल गरेपछि टोलीले शार्लोट एफसीलाई २–१ ले पराजित ग¥यो । विश्वकपपछि शिकागोको यो पहिलो जित हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्