नेभिगेशन
खेलकुद

मेस्सीको अनुपस्थितिमा पराजित

बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले शनिबार लिग्स कपको खेलमा मोन्टेरेसँग २–१ ले पराजित भएको छ ।
टोलीहरूले खेलअघि जर्ज मेस्सीका लागि एक मिनेट मौन धारण गरेका थिए । उनको अर्जेन्टिनामा ६८ वर्षको उमेरमा निधन भएको हो । इन्टर मियामीका कप्तान लियोनेल मेस्सी शनिबार राति त्यहाँ पुगेका थिए ।
‘हाम्रो हृदय हाम्रा कप्तान लियो र सम्पूर्ण मेस्सी परिवारसँग छ,’ इन्टर मियामीले एक विज्ञप्तिमा भनेको छ ।
अर्जेन्टिनी मिडफिल्डर रोड्रिगो डि पाउलले ३२औं मिनेटमा गोल गरेर मियामीलाई पहिलो ४५ मिनेटमा १–० को अग्रता दिएका थिए । यो मेक्सिकन टोलीविरुद्धको समूह चरणको खेल थियो ।
बेल्जियमका स्ट्राइकर हुगो कुइपर्सले ४७औं मिनेटमा गोललाई बराबरी गरेका थिए । त्यसपछि उरुग्वेका स्ट्राइकर डिएगो रोस्सीले ९०औं मिनेटमा विजयी गोल गरेका थिए ।
मेजर लिग सकरको च्याम्पियन मियामीले आफ्नो पहिलो समूह चरणको खेलमा एट्लेटिको सान लुइसलाई ४–२ ले जितेका थियो । इन्टर मियामी बुधबार लियोनसँग खेल्नेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्