नेभिगेशन
खेलकुद

एकदिवसीय टोली कप्तानमा सन्दिप लामिछाने नियुक्त

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले स्पिनर सन्दीप लामिछानेलाई नेपाली राष्ट्रिय एकदिवसीय टोलीको नयाँ कप्तान नियुक्त गरेको छ । क्यानले आगामी अगस्ट ३० देखि मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कपदेखि लागू हुने गरी लामिछानेलाई कप्तानको जिम्मेवारी दिएको हो ।

लामिछानेले यसअघि पनि घरेलु प्रतियोगितामा कप्तानी गरिसकेका छन् । २०२६ को प्रधानमन्त्री कपमा उनले बागमती प्रदेशको नेतृत्व गरेका थिए । एकदिवसीय टोलीको कप्तानीमा भने उनले नयाँ जिम्मेवारी सम्हाल्न लागेका हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्