नेभिगेशन
खेलकुद

रोनाल्डो र जर्जिना अब पति–पत्नी

क्रिस्टियानो रोनाल्डो र जर्जिना रोड्रिग्वेज पति–पत्नी बनेका छन् ।
उनीहरूले मंगलबार विवाह गरेका हुन् । पोर्चुगलका फुटबल स्टार रोनाल्डोको प्रतिनिधित्व गर्ने जनसम्पर्क टोलीका अनुसार विवाह समारोह ‘निजी र आत्मीय क्षण’ थियो । सो वैवाहिक समारोहमा उनीहरूका पाँच सन्तान सहभागी थिए ।
विवाह समारोह पोर्चुगलको राजधानी लिस्बननजिकै पश्चिमी तटमा रहेको कास्काइसमा सम्पन्न भएको ब्रन्सविक ग्रुपले जारी गरेको विज्ञप्तिमा जनाएको छ ।
रोनाल्डो र जर्जिनाले आफ्नो सामाजिक सञ्जाल खातामा विवाहका औंठी देखिने तस्बिरसमेत सार्वजनिक गरेका छन् । उनीहरू म्याड्रिडमा भेटिएपछि पछिल्लो एक दशकदेखि सम्बन्धमा थिए ।
४१ वर्षीय रोनाल्डो पाँच पटक विश्वका उत्कृष्ट खेलाडी घोषित भइसकेका तथा विश्वकै सर्वाधिक चर्चित खेलाडीमध्ये एक हुन् । उनले पोर्चुगलका लागि कीर्तिमानी छैटौं विश्वकप खेलिसकेका छन् । उनको साउदी क्लब अल नासरले शनिबारदेखि आफ्नो घरेलु सिजन सुरु गर्दैछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्