नेभिगेशन
खेलकुद

स्पोर्ट्स अवार्डलाई सहयोगी हात बढ्दै

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)को आयोजनामा हुन गइरहेको ‘एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड २०८२’ ले इम्बार्क कलेजको साथ पाएको छ । अवार्डको २३औं संस्करण यही भदौ १८ गते काठमाडौंमा आयोजना हुँदैछ । मञ्चले छनोट गर्ने एक जना राष्ट्रिय खेलाडीलाई इम्बार्क कलेजले स्नातक वा स्नातकोत्तर तहको पूर्ण छात्रवृत्ति (अधिकतम रु १८ लाख सम्म) प्रदान गर्ने जनाएको छ ।
    मञ्चको एनएसजेएफ एकेडेमीले आयोजना गर्ने अनुसन्धान (रिसर्च), तालिम तथा मार्गनिर्देश (मेन्टरसिप) कार्यक्रममा इम्बार्क कलेजले सहयोग गर्नेछ । सम्झौतापत्रमा एनएसजेएफका अध्यक्ष निरञ्जन अधिकारी र इम्बार्क कलेजका कार्यकारी निर्देशक आसिस ठाकुरका तर्फबाट निरज न्यौपानेले आज यहाँ आयोजित एक कार्यक्रममा हस्ताक्षर गरे ।
    मञ्च नेपाली खेल पत्रकारहरूको छाता संगठन हो । नेपाली खेलकुद क्षेत्रको सर्वाधिक महŒवको कार्यक्रमका रूपमा रहेको ‘एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड’ को २३औं संस्करणको तयारी अन्तिम चरणमा पुगिसकेको आयोजक मञ्चका महासचिव अन्जन खड्काले बताए ।
    नेपाली खेलकुदलाई उच्च स्थानमा पु¥याउने खेलाडी, प्रशिक्षक र खेलकर्मीलाई सम्मान र पुरस्कृत गर्ने कार्यक्रम स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन यसअघि सार्वजनिक भइसकेको छ ।
    यसपटक फुटबलकी पूजा राना, मिक्स मार्सल आट्र्स (एमएमए) का रवीन्द्र ढाँट, क्रिकेटका शेर मल्ल, भलिबलकी मीना सुनार र करातेकी सानु माया थिङ यो विधाको मनोनयनमा परेका छन् । मनोनयनमा परेकाहरूलाई खल्ती वालेट, एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको ‘फेसबुक पेज’ र पल्सर नेपालको फेसबुक पेजबाट मत दिन सकिनेछ ।
    ‘एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड २०८२’ मा नौ विधामा वर्षको उत्कृष्ट खेलाडी पुरुष, उत्कृष्ट खेलाडी महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, ‘पिपुल्स च्वाइस अवार्ड’, ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’, ‘स्पेसल अवार्ड’, ‘पारा एथ्लिट अनर’ र ‘एसियन स्पोट्र्स जर्नलिष्ट अवार्ड’ प्रदान गरिने आयोजकले जनाएको छ ।
यस्तै नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने कर्णाली याक्स टोलीका लागि एभर राइज स्पोर्टस प्रालि एपरेल पार्टनर (आधिकारिक पोसाक) का रूपमा आबद्ध भएको छ । 
    एभरराइज स्पोट्र्स कर्णाली याक्सका खेलाडी तथा पदाधिकारीका लागि आवश्यक जर्सी, खेल पोसाक तथा अन्य आधिकारिक पोसाक उपलब्ध गराउने उद्देश्यले एभर राइज स्पोट्र्स कर्णाली याक्ससँग साझेदारीमा जोडिएको हो । नेपाल प्रिमियर लिग (एनपीएल) ‘सिजन’ तीनका लागि कर्णाली याक्सका क्रिकेट निर्देशक ज्ञानेन्द्र मल्ल र  एभर राइज स्पोर्टस प्रालिका निर्देशक शेख मोहम्मद सभमनले आज सम्झौतापत्रमा हस्ताक्षर गरे । 
    सम्झौतासँगै कर्णालीले तेस्रो सिजनको एनपीएलमा एभर राइजको पोसाक लगाउनेछ । गत संस्करण पनि एभर राइज नै कर्णालीको एपरेल पार्टनर रहेको थियो । एभर राइज भारतीय स्पोर्टस वेयर कम्पनी हो । यो सम्झौतापछि कर्णाली याक्सका निर्देशक मल्लले लगातार दोस्रो वर्षको सहकार्यका लागि एभर राइजलाई धन्यवाद दिए । एभर राइजका निर्देशक सभमनले लगातार दोस्रो वर्ष कर्णाली याक्ससँग आबद्ध हुन पाउँदा खुसी व्यक्त गरे । सोमपाल कामी मार्की खेलाडी रहेको कर्णालीले मिनी अक्सनबाट १३ खेलाडी टोलीमा अनुबन्धित गरिसकेको छ । एनपीएल आगामी अक्टोबर २६ तारिखदेखि सञ्चालन हँुदैछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्