मेष
स्वास्थ्यमा केही उतारचढाव आउन सक्ने भएकाले सजग रहनुहोला । गोपनीयता जोगाएर काम गर्दा सफलता मिल्नेछ । संयमित व्यवहारले सम्भावित विवाद टार्न मद्दत गर्नेछ ।
वृष
मिहिनेतको उचित प्रतिफल मिल्ने समय छ । व्यवसायमा नयाँ अवसर देखा पर्न सक्छन् । पारिवारिक वातावरण सुखद रहनेछ । वैदेशिक यात्राको योग रहेको छ ।
मिथुन
बौद्धिक कार्यमा सफलता मिल्नेछ । बोलीको प्रभावले महत्त्वपूर्ण काम बन्नेछ । अनावश्यक खर्च बढ्न सक्ने भएकाले आर्थिक कारोबारमा ध्यान पु¥याउनु उपयुक्त हुन्छ ।
कर्कट
मनमा केही चञ्चलता रहे पनि नियमित कामहरू सम्पन्न हुनेछन् । आफन्तसँगको भेटघाटले ऊर्जा दिनेछ । महŒवपूर्ण निर्णय लिनुअघि अग्रजहरूको सल्लाह लिनु फाइदाजनक हुनेछ ।
सिंह
आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । कार्यक्षेत्रमा सहकर्मीहरूको राम्रो साथ पाइनेछ । सामाजिक कार्यमा रुचि बढ्नेछ भने रोकिएको धन हात पर्ने योग छ ।
कन्या
आर्थिक दृष्टिले दिन अनुकूल रहनेछ । अधुरा योजनाहरूलाई पूर्णता दिने अवसर मिल्नेछ । स्वास्थ्य सामान्य रहे पनि अनावश्यक दौडधुपले केही थकान महसुस हुन सक्छ ।
तुला
नयाँ योजनाहरूको सुरुवात गर्न राम्रो समय छ । अध्ययन तथा रचनात्मक क्षेत्रमा प्रगति हुनेछ । पारिवारिक सुख बढ्नेछ र मन प्रफुल्ल रहनेछ ।
वृश्चिक
समय व्यवस्थापनमा विशेष ध्यान दिनुपर्नेछ । हतारमा गरिएको निर्णयले पछि समस्या निम्त्याउन सक्छ । आर्थिक लेनदेनमा गोपनीयता कायम राख्नु हितकर हुनेछ ।
धनु
आयआर्जनका नयाँ स्रोतहरू पहिचान हुनेछन् । लगनशीलताले कार्यक्षेत्रमा प्रशंसा दिलाउनेछ । यात्राको योग बन्न सक्छ, जसबाट सकारात्मक नतिजा हात लाग्नेछ ।
मकर
कर्मक्षेत्रमा प्रभाव बढ्नेछ । रोकिएका प्रशासनिक वा कानुनी कामहरू सुल्झिने सम्भावना छ । अभिभावकको सहयोगले कठिन काम पनि सहजै सम्पन्न हुनेछ ।
कुम्भ
धार्मिक तथा परोपकारी कार्यमा मन जानेछ । भाग्यले साथ दिनेछ र रोकिएका काम बन्नेछन् । लामो दूरीको यात्रा वा नयाँ सम्पर्क विस्तारको अवसर जुट्न सक्छ ।
मीन
रोकिएका कामहरू क्रमशः अघि बढ्नेछन् । नयाँ जिम्मेवारी प्राप्त हुने सम्भावना छ । साथीभाइको सहयोगले मानसिक तनाव कम हुनेछ भने आर्थिक पक्ष सन्तुलित रहनेछ ।