नेभिगेशन
खेलकुद

बहराइनमाथि नेपालको जित

एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपालले बहराइनलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ । मलेसियाको बांगीमा भएको खेलमा नेपालले बहराइनलाई सात विकेटले पराजित गर्दै जित हासिल गरेको हो । बहराइनले जितका लागि दिएको ८८ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले २१ ओभरमा तीन विकेट गुमाउँदै लक्ष्य पूरा ग¥यो । 
नेपालका लागि अर्जुन कुमालले अविजित ३६ रनको योगदान दिए । उनले ५८ बलमा पाँच चौका प्रहार गर्दै ३६ रन बनाएका हुन् । त्यस्तै रोहितकुमार पौडेलले अविजित १९ तथा आसिफ शेखले १८ रन जोडे । देव खनालले १० रन बनाए ।
बलिङतर्फ बहराइनका इमरान जाभेद अनवारले तीन विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बहराइनले ३६.२ ओभरमा सवै विकेट गुमाउँदै ८७ रनमा समेटिएको थियो । बहराइनका लागि फिआज अहमेदले १५ बलमा सर्वाधिक १५ रन बनाए । त्यस्तै मुहम्मद वासिमले १३ रन जोडे । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । बहराइनलाई ८७ रनमा समेट्ने क्रममा नेपालका सन्दिप लामिछानेले पाँच विकेट लिए । यस्तै, ललितनारायण राजवंशीले ३ विकेट लिँदा करण केसीले २ विकेट हात पारे । नेपालले आफनो दोस्रो खेल यही भदौ १८ गते मलेसियासँग खेल्नेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्