नेभिगेशन
उपत्यका

सम्पर्कविहीन परिवारको सकुशल उद्धारको माग

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीमा परी सम्पर्कविहीन भएका कैलाश बोधी माध्यामिक विद्यालयकी प्रिन्सिपल कर्मा छेजुम लामा, उनका पति ज्याम्पल लामा र आमा साँमु लामाको सकुशल उद्धार तथा शीघ्र खोजी गर्न विद्यालय तथा अभिभाभावक तथा स्थानीयबासीले माग गरेका छन् । 
बौद्धको सुबिगाउँ, सिमलटार रामहिटीस्थित कैलाश बोधी माध्यमिक विद्यायलकी प्रिन्सिपल लामा र उनको परिवार रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा मानसरोवर धार्मिक तीर्थाटनबाट फर्किने क्रममा भदौ १० मा भोटेकोशीमा आएकाे बाढीमा हराइरहेको हुँदा उनको परिवार तथा विद्यालयका शिक्षक विद्यार्थीहरूले प्रिन्सिपल कर्मा छेजुमको खोजी गरी सकुशल उद्धारको लागि सरकारसँग माग गरेका हुन् । 
लामो समयदेखि शिक्षासेवा गरिरहेका संस्थापक अध्यक्ष सोनाम छिरिङ लामाको पनि गत भदौ ९ गते निधन भएको थियो । आफ्ना पिता सोनामको निधनको खबरलगत्तै फर्किरहेकी प्रिन्सिपल लामा र उनको परिवार भोटेकाोशीकाे बाढीमा परेको हो । 
प्रिन्सिपल लामाका पिता सोनाम छिरिङले मुगु तथा हुम्लामा समेत सफलतापूर्वक विद्यालय सञ्चालन गरेपछि २०५० सालमा सुबिगाउँ, सिमलटार–रामहिटीमा कैलाश बोधी स्कूल स्थापना गरेका थिए । 
स्थानीयबासी तथा अभिभावक समूहले प्रलयमा हराइरहेका विद्यालयका प्रिन्सिपल लामा र उनको परिवारको उद्धार तथा खोजी कार्यमा गम्भीर चासो राख्दै राज्यका सुरक्षा निकायलगायतका विभिन्न संघसंस्थाहरूसँग अपिल गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्