नेभिगेशन
खेलकुद

एनभीएल पुरुष भलिबलमा मधेसको पहिलो जित

राजधानीमा जारी नेपाल भलिबल लिग (एनभीएल) मा मधेस वारियर्सले खप्तड फाल्कन्सलाई पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा आज सम्पन्न पहिलो खेलमा मधेसले खप्तड फाल्कन्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो । 
    मधेसले खप्तडमाथि पहिलो सेट २५–२१, दोस्रो सेट २५–२० तथा तेस्रो तथा अन्तिम सेट २५–२३ ले आफनो पक्षमा पा¥यो । यो जितसँगै चार खेल खेलेको मधेसले चार अंक जोडेको छ । उक्त प्रतियोगिताअन्तर्गत आजै हुने दोस्रो खेलमा सगरमाथाले काठमाडौंसँग प्रतिस्पर्धा गर्नेछ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्