नेभिगेशन
खेलकुद

नेपालले पदकको खाता खोल्यो

जापानमा जारी बीसौं एसियाली खेलकुद प्रतियोगितामा तेन्जिङ शेर्पाले नेपाललाई पहिलो पदक दिलाएका छन् । उनको यो  पदक बीसौं एसियाली खेलकुदको पहिलो पदक हो । यसअघि विभिन्न स्पर्धामा प्रतिस्पर्धा गरेता पनि नेपालले पदक जित्न सकेको थिएन । 
    जापानको टोयाहाशी जिम्नेसियममा बुधबार भएको कास्य पदकका भिडन्तमा नेपालका कराते खेलाडी तेन्जिङले पुरुष कुमिते ८४ केजीभन्दा माथिको तौल समूहमा नेपाललाई कास्य पदक दिलाएका हुन् ।
    उनले लाओसका खेलाडी वाथाना जायासनलाई ९–१ ले पराजित गर्दै कास्य पदक जितेका हुन । त्यसअघि उनी सेमिफाइनल खेलमा इरानका खेलाडी महमुद नेमातीसँग ५–० ले पराजित भएका थिए । 

स्क्वासको मिश्रित डबल्समा नेपाल पराजित
स्क्वासको मिश्रित डबल्समा विपना भ्लोन र अरहन्त सिंहको नेपाली जोडी पहिलो चरणबाटै बाहिरिएको छ ।
नागोयास्थित किन्जो फुतो एरिनामा आज भएको खेलमा नेपाली जोडी पाकिस्तानका आसिम खान र मेहविश अलीसँग २–० को सोझो सेटमा पराजित भएको हो ।
पहिलो सेटमा नेपाल ६–११ ले पछि परेको थियो । सात मिनेट चलेको पहिलो सेटमा पाकिस्तानी जोडीले सुरुआतदेखि नै अग्रता कायम राख्यो । दोस्रो सेटमा भने नेपाली जोडीले प्रतिस्पर्धात्मक खेल देखाए पनि १० मिनेटको खेलपछि पाकिस्तानले ११–१० ले सेट आफ्नो पक्षमा पा¥यो ।
दुई सेटमा पराजित भएसँगै विपना र अरहन्तको मिश्रित डबल्सतर्फको एसियाली खेलकुद यात्रा टुंगिएको छ । नेपालले जारी एसियाली खेलकुदमा बुधबारसम्म पदक जित्न सकेको छैन ।

खगेन्द्र अन्तिम १६ मा 
जापानमा जारी २०औं एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत बक्सिङका खगेन्द्र रोकामगर विजयी भएका छन् ।
जापानको निशिओ जिम्नेसियममा आज भएको प्रारम्भिक चरणको खेलमा खगेन्द्रले पुरुष ६० केजी तौल समूहमा मकाउका खेलाडी एल्भिन जोन रेयेस सालिनासलाई पाखा लागाउँदै अन्तिम १६ चरणमा प्रवेश गरेका हुन् । उनले मकाउका एल्भिन जोन रेयेस सालिनासलाई ५–० को पाखा लागाएका हुन् ।
यस एसियाली खेलकुदअन्तर्गत बक्सिङमा नेपालको लागि यो पहिलो जित हो । हिजो भएको पुरुष बक्सिङको पुरुष ५५ केजी तौल समूहमा नेपालका चन्द्रबहादुर थापा पहिलो चरणमै आउट भएका थिए । उनी भारतीय खेलाडी जादुमानी सिंहसँग पराजित भएका थिए ।
त्यसै महिला बक्सिङमा रमिशा श्रेष्ठ महिला ५१ केजी तौल समूहमा भियतनामकी खेलाडीसँग पराजित भएकी थिइन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्