नेभिगेशन
खेलकुद

प्रधान सेनापति ट्रफी सुरु

प्रधान सेनापति अशोकराज सिग्देलले लगनखेलस्थित खेल मैदानमा आयोजित प्रधान सेनापति ट्रफी–२०८३ खेलकुद प्रतियोगिताको सोमबार उद्घाटन गरेका छन् ।
नेपाली सेनाभित्र रहेका प्रतिभावान् खेलाडीहरूको पहिचान गरी उनीहरूको सीप विकास गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडीहरू तयार गर्ने अभिप्रायका साथ २०६५ सालदेखि प्रधान सेनापति ट्रफीको सुरुआत भएको हो । एथलेटिक्स, स्विमिङ, बक्सिङ, तेक्वान्दो, भलिबल, बास्केटबल, फुटबल र जुडो गरी आठ वटा विधा समावेश गरी सञ्चालन भएको उक्त प्रतियोगितामा पृतना तथा बाहिनीका १४ वटा टोली सहभागी छन् ।
    प्रतियोगिताअन्तर्गत आज सम्पन्न पाँच किलोमिटर दौडमा महिलातर्फ मध्य पूर्वी पृतनाका प्यूठ निर्मला केसी र पुरुषतर्फ उत्तर पश्चिम पृतनाका सिपाही अर्जुन बुढा पहिलो भए । उनीहरुलाई प्रधान सेनापति सिग्देलले पुरस्कार वितरण गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्