नेभिगेशन
प्रदेश

नवलपुरको दाउन्नेमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

नवलपुर । नवलपुरको दाउन्नेमा ब्रेक फेल भएर यात्रुवाहक बस नालामा पल्टिँदा ६ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अनिल पण्डितले घटनाको पुष्टि गर्दै मृतकहरूको सनाखत हुन बाँकी रहेको बताए। उनका अनुसार कोहलपुरबाट काठमाडौंका लागि छुटेको बस आज बिहान पौने ४ बजे महेन्द्र राजमार्गअन्तर्गत दाउन्नेमा ब्रेक फेल भएर दुर्घटनामा परेको हो।
घाइतेहरूको उद्धार गरी उपचारका लागि कावासोतीस्थित मध्यविन्दु प्रादेशिक अस्पताल पठाइएको छ। 
बसमा चालक सहित १८ जना सवार रहेका थिए । दुईजना यात्रु भने सकुशल रहेको बताइएको छ ।
 
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्