नेभिगेशन
प्रदेश

बन्दाकोपीमा गाँजा, ट्रकसहित दुई पक्राउ

विराटनगर । धनकुटाबाट बन्दाकोपी लिएर आएको ट्रकमा इनरुवा–३ सखुवागाछीबाट गाँजा बरामद भएको छ । प्रहरीले ट्रकसहित चालक र सहचालकलाई नियन्त्रणमा लिएको छ ।
राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना७ख १८२५ नम्बरको ट्रक आइतबार राति जाँच गर्ने क्रममा बन्दाकोबीले छोपेको अवस्थामा ८३ वटा प्लास्टिकका बोरामा २ हजार ५६६ किलो ५६० ग्राम गाँजा बरामद भएको हो । ट्रकसहित गाँजा ओसारपसारमा संलग्न चालक धनकुटा सहिदभूमि–२ का राजु राई र सहचालक  सन्दीप राई पक्राउ परेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्