नेभिगेशन
प्रदेश

कन्टेनरमा ५२ लाखको सर्ट बरामद

कपिलवस्तु । काठमाडौंंबाट दाङतर्फ जाँदै गरेको कन्टेनरमा सोमबार प्रहरीले ५२ लाख ५३ हजार रुपैयाँ मूल्यका बीजक नम्बर उल्लेख नभएका रेडिमेड सर्ट बरामद गरेको छ । इप्रका सुन्दरीडाँडाबाट खटिएको टोलीले शिवराज–१ स्थित शिवपुर कोलनी चोकमा चेकजाँचका क्रममा सर्ट बरामद भएको हो । बा.प्र.०१००७ ख ०४३० नम्बरको कन्टेनरबाट ७ हजार १५२ थान रेडिमेड सर्ट बरामद भएका हुन् । बरामद सामान र कन्टेनरसहित कुल मूल्यांकन ८२ लाख ५३ हजार १४४ रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्