नेभिगेशन
उपत्यका

८५ लाखको धनमाल चोर्ने पक्राउ

काठमाडौं । भक्तपुरको लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना, ल्यापटप र नगद गरी ८४ लाख ७६ हजार ७०० रुपैयाँ बराबरको धनमाल चोरीको घटनामा संलग्न रहेको आरोपमा पाँच जनालाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङको धुनिबेंसी–१ छात्रेदेउरालीका २८ वर्षीय सिजल भनिने राजन स्याङ्बो, दोलखा भीमेश्वर–७ मकैबारीकी २७ वर्षीया रिया कार्की, सुनसरीको इटहरी–१६ एकम्बाका ३३ वर्षीय प्रकाश कटुवाल, काठमाडौं–१३ ताहाचलका ३७ वर्षीय रोमन श्रेष्ठ र नुवाकोटको विदुर–१२ चारघरेका ४५ वर्षीय जितबहादुर विश्वकर्मा छन् । 
उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीका अनुसार उनीहरुलाई काठमाडौंका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको हो । उनीहरुका साथबाट सुनका ६ तोला ८९ लालका विभिन्न प्रकारका गहना बरामद भएको छ । साथबाट सुनको तिलहरी एक थान, सिक्री एक थान, बाला एक थान, औँठी चार थान, झुम्का एक जोर, गणेशको लकेट एक थान र सुनको टुक्रा एक थान बरामद गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्