नेभिगेशन
प्रदेश

मुगुमा खुल्यो पहिलो पेट्रोल पम्प

मुगु । मुगुमा पहिलो पेट्रोल पम्प सञ्चालनमा आएको छ । जिल्लामा डिजल–पेट्रोल छिटपुट व्यवसायीले पसलहरुबाट बिक्री गर्दै आए पनि यहाँ व्यस्थित पेट्रोल पम्प आइतबारदेखि बल्ल खुलेको हो । छायानाथ रारा–३ तुम गेरूनीमा करिब ४ करोड रुपैयाँको निजी लगानीमा पम्प स्थानीय पर्यटन व्यवसायी नेताप्रसाद चौलागाईंले सञ्चालनमा ल्याएका हुन् । 
२०८० कात्तिक तेस्रो सातादेखि निर्माण थालिएको पम्प बल्ल तयार भइ अनुसा फ्युल सप्लायर्स एन्ड डिस्टिब्युटर्स प्रालिको नामबाट सञ्चालनमा आएको हो । पम्पमा पेट्रोल र डिजेल दुवै प्रति लिटर २२० रुपैयाँमा बिक्री भइरहेको चौलागाईंले बताए । सवारीलाई इन्धन सहज हुँदा पर्यटक क्षेत्रमा सुविधा पुग्ने उनको भनाइ छ ।
यसअघि व्यवस्थित पम्पको अभावमा मुगुमा स्थानीयवासी, यातायात व्यवसायी र पर्यटकलाई सवारीमा इन्धनका लागि समस्या थियो । विशेषगरी मोटरसाइकल, जिप, ट्रक तथा एक्स्काभेटर सञ्चालनमा इन्धनको अभावले कठिनाइ हुने गरेको थियो ।
मुगुबाट अर्को नजिकको पम्प जुम्लामा पर्छ, जहाँ पुग्न करिब १३० किमि दुरी पार गर्नुपर्छ । हिमाली तथा पहाडी क्षेत्रमा व्यापारीले नेपालगञ्जबाट पेट्रोलिय पदार्थ ड्रममा झिकाउने गरेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्