काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट गगन थापाको नेतृत्वमा २३१ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति निर्वाचित भएको छ । आगामी चार वर्षका लागि असोज १८–२३ काठमाडौंमा भएको महाधिवेशनबाट पदाधिकारीसहित कार्यसमिति चयन भएको हो ।
कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमिति २९७ सदस्यीय हुने व्यवस्था छ । महाधिवेशनबाट २३१ जना निर्वाचित हुने र बाँकी ६६ जना सभापतिले मनोनयन गर्ने व्यवस्था छ । निर्वाचितमध्ये दुई पदाधिकारी र एक सदस्य निर्विरोध चयन भएका थिए भने अन्य पदमा प्रतिस्पर्धाबाट नेतृत्व चयन गरिएको हो ।
असोज २३ गते भएको निर्वाचनको मतगणना शुक्रबार बिहान सम्पन्न भएको थियो । निर्वाचन समितिका सदस्यसचिव अधिवक्ता राजु कटुवालका अनुसार सभापति थापाको शपथग्रहण शनिबार दिउँसो २ बजे हुनेछ । अन्य पदाधिकारी तथा सदस्यकोे शपथग्रहण र प्रमाणपत्र वितरण दसैंपछि गर्ने तयारी छ । त्यसपछि नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक बस्ने बताइएको छ ।
पदाधिकारीमा को–को निर्वाचित ?
सभापतिमा श्यामकृष्ण खड्गीलाई पराजित गर्दै गगन थापा निर्वाचित भए । सभापति पदमा खसेको सदर मतमध्ये थापाले ६ हजार ५८४ र खड्गीले ३७५ मत प्राप्त गरेका थिए । सदर मत ६ हजार ९५९ रहेकाले थापाले ९४.६२ प्रतिशत मत प्राप्त गरेका हुन् ।
वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, महिला उपसभापतिमा पुष्पा भुसाल र काठमाडौं उपत्यकाको महिला प्रतिनिधित्वअन्तर्गत डा. अमिता प्रधान शाक्य निर्विरोध निर्वाचित भइन् ।
यी हुन् कांग्रेस पदाधिकारी
सभापतिः गगन थापा
वरिष्ठ उपसभापतिः विश्वप्रकाश शर्मा
महिला उपसभापतिः पुष्पा भुसाल
खुला उपसभापतिः डा. चन्द्रकान्त भण्डारी, मधु आचार्य
समावेशी उपसभापतिः विनोद चौधरी
खुला महामन्त्रीः प्रदीप पौडेल, उदयशमशेर जबरा
महिला महामन्त्रीः डा. डिला संग्रौला पन्त
सहमहामन्त्रीमा को को ?
विभिन्न समावेशी क्लस्टरबाट ११ जना सहमहामन्त्री निर्वाचित भएका छन् । महिलातर्फ प्रतिमा गौतम, खुलातर्फ रामहरि खतिवडा, अजयबाबु शिवाकोटी, आदिवासी जनजातितर्फ बहादुरसिंह लामा (तामाङ), दलिततर्फ प्रकाश रसाइली (स्नेही), मधेसीतर्फ अजयकुमार चौरसिया, खसआयतर्फ मनोजमणि आचार्य, थारूतर्फ योगेन्द्र चौधरी, मुस्लिमतर्फ डा. फिरदोस आलम, पिछडिएको क्षेत्रतर्फ जीवनबहादुर शाही र अल्पसंख्यक तथा अपांगतातर्फ आङ्गेलु शेर्पा निर्वाचित भएका छन् ।
त्यस्तै, विभिन्न क्लष्टरबाट निर्वाचित केन्द्रीय सदस्यको पूर्ण नतिजा पनि शुक्रबार आएको छ । महिला खुलातर्फ १५ जना निर्वाचित भएका छन् । जसमा वासना थापा, उर्मिला थपलिया, निमा गिरी, कुसुमदेवी थापा, धनाकुमारी खतिवडा, अनिता देवकोटा, लक्ष्मी पाण्डे, सृजना अधिकारी, मुना भुसाल, चिनी पोखरेल (चिनु), कल्पना तिवारी, रिता थापा मगर, गंगा दाहाल र उमा दाहाल निर्वाचित भएका छन् ।
प्रत्यक्ष खुलातर्फ ४५ जना निर्वाचित भएका छन् । चिरिबाबु महर्जन, निश्चल राई, इन्द्रबहादुर बानियाँ, प्राडा गोविन्द पोखरेल, इन्जिनियर मोहन आचार्य, जितनारायण श्रेष्ठ, प्रबल थापा, गणेश लामा, राजीव कोइराला, हिमालदत्त श्रेष्ठ, डा. शोभाकर पराजुली, विद्वान गुरुङ, अर्जुनप्रसाद जोशी, इन्जिनियर अमृत ज्ञवाली, इन्जिनियर नवराज त्रिपाठी, सन्दीप राना, भरतकुमार शाह, नरेन्द्रकुमार केरुङ, मीनकृष्ण महर्जन, बलदेव तिमिल्सिना, महेश खरेल, जन्मजय तिमिल्सिना, युवराज पाण्डेय, कुमार लुइटेल, इन्जिनियर ऋषि कोइराला, इन्जिनियर दीपकबाबु कँडेल, उज्ज्वलप्रसाद बराल, किरण केसी, दीपक भट्टराई, महेन्द्रकुमार शर्मा, डा. सुरजराज काफ्ले, डा. मुकेशराज काफ्ले, मदनकृष्ण श्रेष्ठ, प्रमोदहरि गुरागाईं, लेखनाथ पोखरेल, किरणकिशोर घिमिरे, रवि सिंह, डा. कृष्णप्रसाद पौडेल, तिलबहादुर रानाभाट, प्रदीपकुमार सुनुवार, प्रकाश सिंह कार्की, डा. मुक्तिराज श्रेष्ठ, कृष्ण रिजाल, निलकण्ठ रिजाल र सुधांशु कोइराला निर्वाचित भए ।
आदिवासी जनजाति खुलातर्फ १२ जना निर्वाचित भए । जसमा तीर्थ लामा, इन्जिनियर अनुप श्रेष्ठ, डा. प्रेमध्वज लामा, कर्माछिरिङ शेर्पा, टेकप्रसाद गुरुङ, भीम श्रीस मगर, रामकृष्ण चित्रकार, बुद्ध लामा, गल्जे लामा (शेर्पा), वंशलाल तामाङ, अमृत गुरुङ र सुशील गुरुङ छन् ।
महिला ८ जनामा गीता गुरुङ, डा. गंगालक्ष्मी अवाल, रेनुका काउँचा, सपना राजभण्डारी जोशी, सीताकुमारी राना, प्रमिला राई, लीलादेवी बोखिम लिम्बू र पुनम लामा निर्वाचित भए ।
दलित महिला ५ जनामा सीता मिजार, शान्ति परियार विक, रूपा विक, कमला नेपाली र छाया सुनार निर्वाचित भए । दलित मधेसी एक जनाको सीटमा धर्मेन्द्र पासवान निर्वाचित भए ।
दलित खुला (८ जना)मा डा. डीबी सुनार, सागर परियार, हरिशरण नेपाली, शिवबहादुर सुनार, मन्जित ताम्राकार, राजु परियार, अम्बरबहादुर बराइली र दीपक सोनी निर्वाचित भए ।
मधेसी खुला (८ जना)मा अनिलकुमार रुंगटा, रामकृष्ण यादव, डा. गरिबदास ठाकुर, दिनेशकुमार यादव, जितेन्द्रनारायण देव, असर्फी शाह, अशोककुमार शाह र उमेशचन्द्र यादव निर्वाचित भएका छन् ।
मधेसी महिला (५ जना) मा डा. मधुकुमारी ठाकुर, रेखाकुमारी यादव, अञ्जु झा, मीनाक्षी झा र गीताकुमारी यादव छन् ।
त्यस्तै, खसआर्य खुला (१० जना) मा इन्जिनियर लक्ष्मण केसी, भीम पराजुली, जगदीशचन्द्र उपाध्याय, राजेन्द्र केसी, जनार्दनसिंह क्षेत्री, उत्तमराज जोशी, अनुज चापागाईं, कृष्णप्रसाद कोइराला, माइकल रामचन्द्र अर्याल र गणेश सापकोटा निर्वाचित भए ।
खसआर्य महिला (८ जना) मा डा. भद्रा पराजुली भण्डारी, जानुका पन्त, गीता देवकोटा, कृष्णकुमारी बस्नेत, विनिता अधिकारी, जानकी सिंह, देवकी गौतम र चम्पादेवी खड्का निर्वाचित भए ।
त्यस्तै, थारू खुला (४ जना) मा डा. भोगेन्द्रप्रसाद चौधरी, जनकराज चौधरी, वेदनारायण गच्छदार र साजनकुमार महतो निर्वाचित भए । थारू महिला (२ जना)मा डा. जीवन राना र डा. प्रमिलाकुमारी गच्छदार विजयी भए ।
त्यस्तै, मुस्लिम खुला (३ जना) मा डा. अताबुल मंसुरी, मोहम्मद इर्शाद अन्सारी र अब्दुल रज्जाक गद्दी, मुस्लिम महिला (२ जना)मा जमिला खातुन र सनम बेगम निर्वाचित भए ।
पिछडिएको क्षेत्र खुलामा दीपकजंग शाह, महिलामा सुशीला बम चुनिए । अल्पसंख्यक तथा अपांगतातर्फ अर्जुन शेरचन र प्रकाश पन्थ निर्वाचित भएका छन्।
प्रदेशगत प्रतिनिधित्व यस्तो छ
प्रदेशगत कोटाबाट खुला, महिला तथा ३५ वर्षमुनिका युवा प्रतिनिधित्वसमेत समेटेर केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।
१. कोशी प्रदेश
खुलाः डम्बरबहादुर खड्का, मेदनीप्रसाद सिटौला, दीपनकुमार श्रेष्ठ, महिलाः मृदुला कोइराला
३५ वर्षमुनि खुलाः इन्जिनियर हेमकाजी बस्नेत, ३५ वर्षमुनि महिलाः डा. याशिका भट्टराई
मधेस प्रदेश खुला डा. अञ्जनीकुमार झा, शम्भुबहादुर बुढाथोकी, विनोद खनाल र महिला मेघा शाही निर्वाचित भए । ३५ वर्षमुनि त्यस्तै, बागमती प्रदेश खुलातर्फ प्रा.डा. सूर्यकान्त घिमिरे, इन्जिनियर रोहित पौडेल र सन्तोष चालिसे चुनिए ।
महिलातर्फ हरिप्रभा खड्गी, ३५ वर्षमुनि खुलामा अंशुल केसी र ३५ वर्षमुनि महिलामा रजनी थापाले जित हात पारे ।
त्यस्तै गण्डकी प्रदेश खुलामा किरणबाबु श्रेष्ठ, रेशमबहादुर बानियाँ र खुमाप्रसाद अर्याल, महिला सरस्वती अर्याल तिवारी, ३५ वर्षमुनि खुलामा इन्जिनियर सुवास पौडेल र ३५ वर्षमुनि महिलामा कला पन्त निर्वाचित भइन् ।
लुम्बिनी प्रदेश खुलामा कमलकिशोर घिमिरे, अमरबहादुर भण्डारी, प्रचण्डविक्रम न्यौपाने (गुण्टु), महिलामा बालकुमारी भण्डारी, ३५ वर्षमुनि खुलामा अनुराग खड्का, ३५ वर्षमुनि महिलामा सुष्मा पाण्डे चुनिए ।
त्यस्तै, . कर्णाली प्रदेश खुलामा राजीवविक्रम शाह, खड्गबहादुर शाही, दिक्पालकुमार शाही, महिलामा रामदेवी खड्का, ३५ वर्षमुनि खुला मोहन राना र ३५ वर्षमुनि महिलामा भगवती शाही निर्वाचित भए ।
त्यस्तै, सुदूरपश्चिम प्रदेश खुला ः जनक चटौत, दिवानसिंह विष्ट, बहादुरसिंह थापा, महिलामा अम्बिकाकुमारी चलाउने, ३५ वर्षमुनि महिला रिता शाही र पुरुषमा इन्जिनियर भुवन भट्ट निर्वाचित भए ।
३५ वर्षमुनिका २१ युवा केन्द्रीय समितिमा
सात प्रदेशबाट ३५ वर्षमुनिका युवा प्रतिनिधित्वतर्फ सचिन तिमल्सेना, इन्जिनियर अभिषेक आत्रेय, सुशील भट्ट, डा. आयुस बगाले, आदर्श मल्ल, इन्जिनियर रोशन बस्नेत र इन्जिनियर शैलेश मिश्र निर्वाचित भए । ६ प्रदेबाट प्रदेशगत रुपमा २÷२ गरि १४ र खुला ७ गरि २१ जना ३५ मुनिका युवा केन्द्रीय समितिमा पुगेका छन् ।
जनसम्पर्क समिति, पेसागत क्षेत्र तथा अन्य प्रतिनिधित्व
जनसम्पर्क समितिका विभिन्न क्षेत्रबाट सात सदस्य निर्वाचित भएका छन् । सीता सापकोटा घिमिरे, चन्द्रा अधिकारी क्यानडा, जितेन्द्रविक्रम शाही (युरोप), सीए विद्याभूषण कार्की (ओसियाना(अमेरिका) , पुरुषोत्तम खनाल (मध्यपूर्व), डा. बलराम श्रेष्ठ (प्यासिफिक) र बालकृष्ण पाण्डे (भारत) निर्वाचित भए ।
पेसागत विषय क्षेत्र खुला (५ जना) मा डा. केदारनरसिंह केसी, प्राडा. जगदीशचन्द्र पोखरेल, वरिष्ठ अधिवक्ता सीताराम केसी, डा. प्रदीप मिश्र र केशव निरौला निर्वाचित भए । महिला (२ जना)मा डा. सीता पोखरेल घिमिरे र बाला अधिकारी चुनिए । श्रमिक खुलामा खिलानाथ दाहाल, योगेन्द्रकुमार कुँवर, श्रमिक महिला सीतादेवी काफ्ले चयन भए ।