नेभिगेशन
फोटो स्टोरी

एकातिर दसैं, अर्कातिर सिकाली

ललितपुरको खोकनास्थित सिकाली मन्दिर परिसरमा जारी सिकाली जात्राका अवसरमा शुक्रबार रुद्रायणी देवगणहरू परम्परागत मुकुट, कलेवर पोसाक, गरगहना लगाएर देवगणको भेषमा अश्वमेघ यज्ञमा नृत्यमार्फत सहभागी  हुँदै । दसैं नमनाउने खोकनावासीले घटस्थापनादेखि फूलपातीसम्म मनाउने सिकाली जात्रा यहाँको मौलिक संस्कृति र परम्पराको प्रतीक मानिन्छ । देशभर दसैंको टीका र जमराको तयारी चलिरहँदा ललितपुरको खोकनामा भने न जमराको चटारो छ, न टीकाको प्रतीक्षा। यहाँका रैथाने बासिन्दा यतिबेला दसैंको सट्टा आफ्नी आराध्यदेवी रुद्रायणीको पूजाआजा र सिकाली जात्रामा रमाइरहेका छन् । खोकनाले आफ्नै मौलिक परम्परामार्फत सांस्कृतिक पहिचान जोगाउँदै आएको छ । सिकाली जात्रा घटस्थापनादेखि नवमीसम्म मनाइन्छ । जात्राका क्रममा सिकाली मन्दिर परिसरमा विभिन्न धार्मिक विधि, पूजाआजा, बाजागाजा र परम्परागत मुकुन्डो नाच प्रस्तुत गरिन्छ । देवगणले विभिन्न देवीदेवताको रूप धारण गरी नृत्य तथा अभिनयमार्फत धार्मिक र पौराणिक कथाहरू प्रस्तुत गर्छन् । गुठी तथा स्थानीय समुदायको सक्रिय सहभागितामा सञ्चालन हुने यो जात्रा खोकनाको मौलिक सांस्कृतिक पहिचानसँग जोडिएको छ । तस्बिरः घनश्याम श्रेष्ठ/रासस

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप फोटो स्टोरी
यात्रु पर्खिदै माइक्रोबस

यात्रु पर्खिदै माइक्रोबस

गाईको उद्धार

गाईको उद्धार

घर डुबानमा

घर डुबानमा