नेभिगेशन
राशिफल

यस्तो छ आज २०८३ असोज ३१ गते शनिबारको राशिफल

मेषः 
आम्दानी बढ्नेछ, तर अनावश्यक खर्चले चिन्ता थप्न सक्छ । पेसागत क्षेत्रमा अवसर मिल्नेछ । छोटो यात्रा फलदायी हुनेछ । साथीको सहयोग पाइनेछ ।

वृषः 
आर्थिक लाभको सम्भावना छ, रोकिएको रकम प्राप्त हुनसक्छ । काममा नयाँ अवसर मिल्नेछ । लामो यात्रा सुखद हुनेछ । सहकर्मीले साथ दिनेछन् । 

मिथुनः 
आम्दानीभन्दा खर्च बढी हुन सक्छ, आर्थिक निर्णयमा सावधानी अपनाउने बेला छ ।  पेसागत काममा चुनौती आउनेछ । योजना अधुरै रहन सक्छ । संयम राख्नु हितकर हुनेछ । 

कर्कटः 
धन लाभको योग छ । रोकिएका काम अघि बढ्नेछन् । पेसागत क्षेत्रमा जिम्मेवारी वृद्धि हुनेछ । योजना सफल हुनेछन् । छोटो यात्रा लाभदायी हुनेछ । 

सिंहः 
आर्थिक अवसर प्राप्त भए पनि खर्च बढ्न सक्छ । काममा प्रतिस्पर्धा हुनेछ । योजनामा अवरोध आउनसक्छ । लामो यात्रा अपेक्षाअनुसार सफल नहुन सक्छ । 

कन्याः 
आम्दानी बढ्नेछ, लगानीमा सोचविचार गर्नुहोला । पेसागत क्षेत्रमा नयाँ सम्भावनाको ढोका  खुल्नेछ । योजना सफल हुनेछन् । छोटो यात्रा फलदायी हुनेछ । 

तुलाः 
धन लाभको योग छ । तर, पारिवारिक खर्च बढ्न सक्छ । काममा प्रगति हुनेछ । योजना पूरा हुनेछन् । लामो यात्रा सुखद रहनेछ । मित्रतामा निकटता बढ्नेछ ।

वृश्चिकः 
आर्थिक कारोबारमा सावधानी अपनाउनुहोला, आम्दानी सामान्य रहनेछ । पेसागत क्षेत्रमा अवसर मिल्नेछ । योजना ढिलाइ हुनसक्छ । सहकर्मीसँग मतभेद हुनसक्छ ।

धनुः 
आम्दानीको नयाँ स्रोत भेटिन सक्छ । खर्चमा नियन्त्रण आवश्यक छ । काममा सफलता मिल्नेछ । योजना अघि बढ्नेछन् । लामो यात्रा लाभदायी हुनेछ । 

मकरः 
आर्थिक लाभको सम्भावना छ, तर हतारमा लगानी नगर्नुहोला । पेसागत जिम्मेवारी बढ्नेछ । योजना सफल हुनेछन् । छोटो यात्रा उपयोगी हुनेछ। पारिवारमा समझदारी वृद्धि होला ।

कुम्भः 
धन प्राप्तिको योग छ । अनावश्यक खर्चबाट जोगिनुहोला । पेसागत क्षेत्रमा नयाँ अवसर मिल्नेछ । योजना अपेक्षाअनुसार सफल हुनेछन् । लामो यात्रा सुखद हुनेछ । 

मीनः 
आम्दानी सामान्य रहनेछ, आकस्मिक खर्च बढ्न सक्छ । काममा सहकर्मीको सहयोग मिल्नेछ । योजना केही ढिलो सफल हुनेछन् । छोटो यात्रा फलदायी हुनेछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्