नेभिगेशन
प्रदेश

गाँजा तस्करको भागाभाग, नौ बोरा गाँजा बरामद

सिरहा । सिरहाको नवराजपुर गाउँपालिका–५ झाझपट्टीस्थित सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले १५२ किलोभन्दा बढी गाँजा बरामद गरेको छ । भारततर्फ गाँजा तस्करी गर्ने क्रममा रहेका व्यक्ति प्रहरी टोलीलाई देखेपछि गाँजाका बोरा छाडेर फरार भएका छन् ।
सशस्त्र प्रहरी बल, नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाका अनुसार बुधबार राति करिब १२ बजेर १७ मिनेटमा नेपालबाट भारततर्फ गाँजा लैजाँदै गरेको अवस्थामा गस्ती टोलीले गाँजा बरामद गरेको हो ।
सीमा क्षेत्रमा खटिएको बीओपी नवराजपुरको सात सदस्यीय मोटरसाइकल गस्ती टोलीले नौवटा बोरामा राखिएको गाँजा फेला पारेको सशस्त्र प्रहरीले जनाएको छ । कालो प्लास्टिकमा प्याक गरिएको उक्त गाँजा प्लास्टिकसहित तौल गर्दा १५२ किलो १६० ग्राम रहेको छ ।
सिरहाका सशस्त्र प्रहरी प्रमुख एसपी सुमनजंग थापाका अनुसार बरामद गाँजा आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाउने प्रक्रिया भइरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्