नेभिगेशन
राशिफल

यस्तो छ आज २०८३ कार्तिक १६ गते सोमबारको राशिफल

मेष
आजको दिन तपाईंको लागि निकै ऊर्जावान् रहनेछ । नयाँ कार्यको थालनी गर्ने राम्रो अवसर मिल्नुका साथै लामो समयदेखि रोकिएका कामहरू सहजै बन्नेछन् । आर्थिक पक्ष सबल रहने हुनाले मनमा उत्साह थपिनेछ ।
बृष
स्वास्थ्यमा क्रमिक सुधार आउनाले शरीरमा नयाँ स्फूर्ति महसुस हुनेछ । पुराना साथीभाइहरूसँगको भेटघाटले पुराना सम्झनाहरू ताजा गराउनेछ । विलासिताका वस्तुमा बढी खर्च हुन सक्ने भएकाले नियन्त्रण राख्नुहोला ।
मिथुन
बौद्धिक तथा रचनात्मक कार्यमा मन जानेछ जसले गर्दा समाजमा तपाईंको प्रशंसा हुनेछ । व्यापार तथा व्यवसायमा सोचेअनुरूप लाभ मिल्ने योग रहेको छ । विपरीत लिंगी साथीहरूबाट विशेष सहयोग प्राप्त हुनेछ ।
कर्कट
पारिवारिक असमझदारीहरू हटेर घरमा सुखशान्तिको वातावरण बन्नेछ । लामो समयदेखि रोकिएको धन अचानक फिर्ता हुने सम्भावना देखिन्छ । विद्यार्थी वर्गका लागि अध्ययन अध्यापनमा रुचि बढ्नेछ र परीक्षामा राम्रो नतिजा हात लाग्नेछ ।
सिंह
सामाजिक काममा सक्रियता बढ्नाले राज्यस्तरबाट मान–सम्मान एवं प्रतिष्ठा प्राप्त हुनेछ । कार्यक्षेत्रमा सहकर्मीहरूको पूर्ण सहयोग मिल्नाले महŒवपूर्ण र कठिन कामहरू समयमै फत्ते हुनेछन् । छोटो दूरीको फलदायी यात्राको योग छ ।
कन्या
मनमा खेलिरहेका अनेकौं मानसिक चिन्ता र अलमलहरू कम भएर जानेछन् । नयाँ क्षेत्रमा लगानी गर्नका लागि समय निकै अनुकूल र भाग्यशाली रहनेछ । प्रेम सम्बन्धमा रहेकाहरूका लागि आपसी सामीप्यता र विश्वास अझ बढेर जानेछ ।
तुला
आर्थिक संकट बिस्तारै टर्दै जानेछ र आम्दानीका नयाँ स्रोतहरू फेला पर्नेछन् । आफन्त तथा शुभचिन्तकहरूबाट कुनै शुभ समाचार सुन्न पाइनेछ । सजग रहनुहोला, मौसमी स्वास्थ्य समस्याले सताउन सक्ने भएकाले खानपानमा विशेष ध्यान दिनुहोस् ।
वृश्चिक
लामो समयदेखि सोचेका महŒवपूर्ण योजनाहरू पूरा हुनाले मनमा अत्यन्तै खुसी छाउनेछ । व्यापार–व्यवसायमा राम्रो आम्दानी हुनेछ र नयाँ सम्झौता हुन सक्छ । समाजमा आफ्ना प्रतिस्पर्धी तथा शत्रुहरू स्वतः परास्त हुनेछन् ।
धनु
भाग्यले साथ दिनाले आकस्मिक रूपमा धन लाभ हुने बलियो सम्भावना रहेको छ । सरकारी वा प्रशासनिक क्षेत्रमा अल्झिएका कामहरू आज कसैको मध्यस्थतामा सुल्झिनेछन् । लामो यात्राको योजना बन्न सक्छ ।
मकर
बोलीको प्रभाव बढ्नाले रोकिएका काम बन्नेछन् । दाम्पत्य जीवन सुखमय र फराकिलो रहनेछ । नयाँ सकारात्मक सोच भएका मित्रहरू थपिनाले भविष्यका लागि फाइदा पुग्नेछ ।
कुम्भ
कार्यक्षेत्रमा रहेका प्रतिस्पर्धीहरूमाथि सहजै विजय प्राप्त गर्न सकिनेछ । विगतमा गरेको कडा मिहिनेत र परिश्रमको उचित फल तथा मूल्यांकन हुने समय आएको छ । स्वास्थ्य बलियो र तन्दुरुस्त रहनेछ ।
मीन
धार्मिक, आध्यात्मिक र सामाजिक कार्यहरूमा रुचि बढ्नाले मनमा शान्ति मिल्नेछ । शैक्षिक क्षेत्रमा लागेकाहरूका लागि विशेष सफलता मिल्नेछ । करियरको दृष्टिकोणले नयाँ र राम्रा अवसरहरूको ढोका खुल्नेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्