नेभिगेशन
राजनीति

प्रधानमन्त्री शाहसँग भारतीय विदेशमन्त्रीको शिष्टाचार भेट

नयाँदिल्ली (भारत) । छिमेकी मित्रराष्ट्र भारतको दुईदिने राजकीय भ्रमणमा यहाँ रहेका प्रधानमन्त्री वालेन्द्र शाहसँग भारतका विदेशमन्त्री डा एस जयशङ्करले आज शिष्टाचार भेटवार्ता गरेका छन् । 
नयाँदिल्लीस्थित होटल ताजमहलमा भएको शिष्टाचार भेटवार्तामा नेपाल र भारत सम्बन्धका विविध पक्ष, ‘कनेक्टिभिटी’, व्यापार, पारवहन तथा वाणिज्य, ऊर्जा, संस्कृति, शिक्षा र जनस्तरको सम्बन्धलगायतका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल श्रेत्रीले जानकारी दिए ।
यसैगरी, प्रधानमन्त्री शाह र विदेशमन्त्री जयशङ्करबीच द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा पनि सो अवसरमा छलफल भएको थियो ।
प्रधानमन्त्री शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा ३४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज अपराह्न यहाँ  आइपुगेका हुन् । प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री डा स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारलगायत उच्चपदस्थ सरकारी अधिकारी, व्यवसायी, सञ्चारकर्मीसमेत छन् । 
प्रधानमन्त्री शाह नयाँदिल्लस्थित विभिन्न कार्यक्रम तथा उच्चस्तरीय भेटघाटमा सरिक भई दुईदिने राजकीय भ्रमण सम्पन्न गरी भोलि मङ्सिर ७ गते सोमबार साँझ स्वदेश फर्कने तालिका छ । रासस
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्