नेभिगेशन
दृष्टिकोण

न वाद, न संवाद – नेपालवाद !

अच्युतप्रसाद पौडेल ‘चिन्तन’
देशमा धेरै थरी वाद, विवाद भए । विकास र समृद्धिको संवाद भने भएन । निषेधको राननीति भयो । फलतः अहिले देश जिम्मा लिनेहरु नै भागेका छन् । हाम्रो आवश्यकता नेपालवाद हो, विदेशीवाद होइन ।

हाम्रो देशको गणतन्त्र र लोकतन्त्र हेर्दा अचम्मलाग्दो र संघीयता उदेकलाग्दो छ । दलका भरौटे मोटाउने र सर्वसाधारण दुब्लाउने राजनीतिक व्यवस्था नेपाली आपैmँले छानेका हुन् त ? सरकारी निकायहरु सत्तारुढ दलका घेरामा रहे; सार्वजनिक सेवाप्रवाहमा दलका कोटा हेरिए; आफ्नालाई खुसी बनाउन अर्बौंको तक्मा बाँडिो, संविधान बमोजिमको निशान छाप नहुने गरी ! बरु त्यो रकमले नयाँ पुस्तालाई काम दिएको भए आन्दोलन हुन्नथ्यो होला । सिँहदरबार बैल्दैनथ्यो । भीडले सिँहदरबार जोगाएन । तैपनि त्यही भीडलाई जेनजी सरकारले चाकरी गरिरहेको छ ।

जो ठालु उही बाटो के भन्ने भयो । सेटिङ मिलाइए । शरणार्थी काण्डमा सग्ला मान्छे शरणार्थी भए । टेरामक्कमा नेताहरु टाँसिए । पञ्जलीमा पतीत भए । गिरीवन्धुमा गिरे । करछली, सुन तस्करी, ठेक्कापट्टाको कुरा त गर्नै परेन । राजनीतिक परिवर्तन हुँदै गए । सरकारी प्रशासन जनताको पहुँचबाहिर जाँदै रहे । अस्पताल व्यापारीका घेरामा, शैक्षिक संस्था विचौलियाका घेरामा, सरकारी पर्ती जग्गा भूमाफियाका घेरामा, संवैधानिक संस्था दलका घेरामा परे ।

परिवर्तनका प्रतिफल हात लागी शून्य भयो । भाद्रको आन्दोलन पनि त्यस्ते हुँदैछ । कम्युनिज्मको सातो उड्ने गरी ओलीजम् देखिनु नै पविर्तनको झलक हुन गयो । संसारमा कम्युनिष्ट हराएको छ, चीनमा छ भने औद्योगिक र आर्थिक क्रान्तिले छ । त्यसैले उसले पूँजीवादी अमेरिकासँग टक्कर गर्न सकेको छ । नेपालका कम्युनिष्टहरु नामधारी भए, व्यवहार र नीति कम्युुनिष्ट भएन । कार्ल माक्र्सको दास क्यापिटल पुस्तक नै पढिएन, पूँजीवादी चरित्रको चिरफार गरिएको छ यहाँ । नैतिकता, इमानको अभाव हुनु भनेको कम्युनिज्म हराउनु हो । 

विकास भन्दै आम नागरिकलाई गुमराह बनाउँदै महगीको भार थपियो । आपूmलाई अप्ठेरो परे जनताकहाँ जाने भनेर कुर्लिने ! जनतालाई अप्ठेरो पर्दा जाने कहाँ हो, राजाको साटो रानी आइन्, श्री ५ को सट्टा श्री ३ आए, तर श्री ४ मा बदलिए । सिमाना मिचियो कि बेचियो थाहा भएन, नारी अस्मिता लुटियो कि लुटाइयो त्यो पनि थाहा भएन, निर्मलाहरु कहाँ छन् अत्तोपत्तो भएन ।

तक्मा वितरणको सट्टा बजार नियन्त्रण गरेको भए, सडक, ढल, पानीको व्यवस्थापन गरेको भए जनताको कर घटाएको भए बेश हुन्थ्यो । यी सबै व्यबहारले गणतन्त्रलाई झुण्डहरुको समूह भनिएको हो । जुन व्यवस्थामा सासद् नै नभई श्री ३ र महाराजाको शैलीमा मन्त्री हुन पाइन्छ, जुन देशमा अदालतले अभियोग लगाएकालाई आममाफी दिने तानाबाना बुनियो, गरिबी बढाइयो, र आर्थिक वृद्धिलाई ऋणात्मकतिर धकेलियो, माक्र्स, लेनिन र माओले सायद यस्तो शिक्षा दिएका थिएनन् । 

देश जर्जर गराइयो, दलहरु असफल भए, जनता निराश भए, आप्mनै साथीले दर्जनौँ अभियोग लगाए, त्यही दलले दिएको समर्थन फिर्ता लिइएन, कुटेभैmँ पनि गरियो, रोएभैmँ पनि गरियो, आपूm मासिने डरले दोहोरो चरित्र लिइयो । राजनीति निकासहीन र देश विकासहीन बनेको छ । कोत पर्व, भण्डारखाल पर्वभन्दा चर्को मूल्य तिरेर १७ हजार मान्छे मारेर, लाखौँको घरबारविहीन बनाएर, दुनियाँलाई अपाँग बनाएर अर्बौँ, खर्बौँ रकमका भौतिक संरचना ध्वस्त पारेर आएको संघीयता र गणतन्त्रको पुनर्मूल्याँकन चाहे जेन्जीहरुले अहिले ।

वर्गसंघर्ष र समाजवाद भने हाम्रा नेताहरुले । माक्र्सवाद भन्नु दर्शन शास्त्र हो । यसमा प्रकृति, समाज र विचारको प्रवाह छ । नयाँ विचारकै क्रममा सन् १७८९ मा फ्रान्सेली राज्य क्रान्ति भएको हो । फ्रान्सेली समाजवादको नारा स्वतन्त्रता, समानता र भातृत्व हो, शोषण विरुद्धको आवाज हो । 

बेलायती अर्थशास्त्रीहरु एडम स्मिथ र डेबिड रिकार्डाेको भनाइमा देशको सम्पति र मूल्य भन्नु श्रमजीविको श्रम हो, पसिना हो । समाजवादमा सधैँ नाम आइरहने माक्र्सवाद भन्नु राजनैतिक अर्थ शास्त्र पनि हो । राजनैतिक अर्थशास्त्र भन्नु उत्पादन र यससँग सम्बन्धित विषय अधययन गर्ने विज्ञान पनि हो । विश्वकै सर्वाहारामा गनिने नेताहरु लेनिन, दर्शन शास्त्रीका साथै राजनैतिक अर्थशास्त्रका ज्ञाता र वैज्ञानिक समाजवादका पक्षधर थिए । 

सन् १८१८ देखि सन् १८८३ का कार्ल माक्र्स र सन् १८२० देखि सन् १८९५ का फ्रेडरिक एँगेल्स यी दुईको प्रयासले माक्र्सवादको जन्म भएको हो । माक्र्स र एँगेल्स भएर लण्डनबाट सन् १८४८ फेवु्रअरी २१ मा कम्युनिष्ट घोषणापत्र जारी गरे त्यो नै माक्र्सवाद भइदियो । 

विश्वमा सर्वाहाराको मुक्तिको आरम्भ भइदियो । पूँजीवादीकै अवस्थामा भौतिकवाद, द्वन्दवाद भनौँ सर्वाहारा क्रान्तिको विज्ञान जन्मिएको हो । १९ शताब्दीको आधा शताब्दीदेखि नै युरोपको वेलायत, फ्रान्सआदि देश जहाँ पूँजीवादी शासन व्यवस्था थियो पूँजीपति वर्ग र सर्वहारा वर्ग बीच वर्ग संघर्ष चल्न थाल्यो र औद्योगिक क्रान्ति शुरु भई मजदूर वर्गको हक, हितका लागि जर्मनी, अमेरिका आदि देशमा पनि आन्दोलनको बिगुल फुकिन थाल्यो । 

डार्बिनको विकासवादी सिद्धान्त, जीव कोषको अध्ययन, ग्यालिलियो, न्यूटनहरुको विज्ञान, सौर्य मण्डलको खोजी र सिद्धान्त, बीज गणित, अंक गणितको अध्ययन, रसायन शास्त्र, जीव विज्ञान, भौतिक र गणित शास्त्रदेखि ज्योतिष, प्रकृति विज्ञान शास्त्रहरुको खोजी र आरम्भ हुन थाल्यो । मानव सभ्यता थप परिष्कृत हुन थाल्यो । सन् १८७१ मा फ्रान्सको पेरिसमा कम्यूनको स्थापना भएको पनि १७५ वर्ष नाघिसकेको छ अहिले । धर्तीमा धेरै परिवर्तन आइसकेको छ । 

संसार बदल्ने सच्चा कम्युनिष्ट हुन् माक्र्स, लेनिन र माओ । संसार बदल्ने सैद्धान्तिक हतियार बनाए यिनीहरुले । झण्डै १ सय वर्षपछि सन् १९४९ अक्टोबर १ मा चीनमा नयाँ जनवादी क्रान्ति सम्पन्न भयो, त्यसपछि विश्वका अन्य देश भनौँ कोरिया, भियतनाम, कम्बोडिया, क्युबा आदि देशमा नयाँ जनवादी क्रान्तिहरु सम्पन्न भए । यद्यपि रुस, चीन आदि देशमा प्रति क्रान्ति भई पूँजीवादीकै लक्षण  देखिएको छ अहिले । सरसर्र्ती हेर्दा शुरुमा माक्र्सवाद, त्यसको गुणात्मक बिस्तारमा लेनिनवाद र दुवैको गुणात्मक विस्तारमा भनौँ तेस्रो चरणमा माओवादको विकास भएको देखिन्छ । 

नेपालमा यिनै वादलाई देखाएर दलहरुले जनतालाई भुलाए, तर वादमा प्रतिबद्ध हुन नसक्दा जनता त कता पुगे आपूm पनि घरको न घाटको भए, अहिले कसले कसको पुच्छर समात्दै छन्, मोर्चा भन्दैछन्, जनता ठग्न सिपालु भएर ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप दृष्टिकोण
भगवानको लीला अपरम्पार

भगवानको लीला अपरम्पार

अमरताको खोजी

अमरताको खोजी