नेभिगेशन
अर्थतन्त्र

एनपीएलका लागि विराटनगर किङ्ससँग जोडियो सुबिसु

काठमाडौं । नेपालको प्रमुख इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसु लिमिटेड नेपालकै ठूलो फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग(एनपीएल) दोस्रो सिजनमा विराटनगर किङ्सको अफिसियल इन्टरनेट एक्सपिरियन्स पार्टनर बनेको छ । शुक्रबार सुबिसुका मार्केटिङ् प्रमुख सुजन कृष्ण प्रधान र विराटनगर किङ्सका तर्फबाट म्याड ड्रिम्स स्पोर्टस प्रालिका निर्देशक राजेश बजरियाले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

‘राष्ट्रिय टिमका खेलाडी सन्दिप लामेछाने, प्रतिश जिसी लगायतका खेलाडी समावेश विराटनगर किङ्ससँग इन्टरनेट एक्सपिरियन्स पार्टनरको रुपमा जोडिन पाउँदा हामी निकै उत्साहित छौं,’ सुबिसुका मार्केटिङ प्रमुख सुजन कृष्ण प्रधानले भने, ‘यो सहकार्यले नेपाली खेलकुदमा सुबिसुको निरन्तरत सहकार्य र प्रतिवद्धता दर्शाएको छ ।’ प्रधानले आगामी दिनमा समेत सुबिसु नेपालको खेलकुद विकास र विस्तारमा निरन्तर हातेमालो गर्दै अगी बढ्ने प्रतिवद्धता समेत जनाएका छन् ।

कार्यक्रममा विराटनगर किङ्सका तर्फबाट बोल्दै बजरियाले सुबिसु इन्टरनेटलाई अफिसियल इन्टरनेट एक्सपिरियन्स पार्टनरको रुपमा भित्र्याउन पाउँदा उत्साहित भएको बताएका छन् । उनले यो सहकार्यले नेपालको खेलकुद विकासमा हाम्रो प्रयासमा सुबिसु जस्ता कम्पनीले देखाएको विश्वासले थप दृढ बनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्