नेभिगेशन
प्रदेश

सर्वोच्चमा आगजनीका आरोपित दुई पक्राउ

काठमाडौं । सर्वोच्च अदालतमा तोडफोड र आगजनीको घटना संलग्न आरोपित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापाको भद्रपुरका २८ वर्षीय ज्योति थापा घताने र ललितपुरको महालक्ष्मीस्थानका ३० वर्षीय सुशील श्रेष्ठ छन् । दुवैलाई जिल्ला प्रहरी परिसर काठमाडैंले आइतबार सार्वजनिक गरेको हो ।

दुवैलाई अनुसन्धानपछि पक्राउ गरिएको एसपी पवनकुमार भट्टराईले बताए । गत भदौ २४ मा जेनजी विद्रोहका बेला उनीहरू सर्वोच्च अदालतमा तोडफोड, आगजनी तथा लुटपाट, सुरक्षाकर्मीको हतियार लुटपाट र आपराधिक कार्यमा संलग्न रहेको पाइएको जानकारी उनले दिए । उनीहरूमाथि कार्वाही अघि बढाउन जिल्ला अदालत काठमाडाैंले एक साता थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई म्याद दिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्