नेभिगेशन
अर्थतन्त्र

शुक्रबारदेखि सलिको गल्फ टुर्नामेन्ट–२०२५

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले विगतका वर्षझैँ यस वर्ष पनि ‘सलिको गल्फ टुर्नामेन्ट–२०२५’ आयोजना गर्ने भएको छ । खेल आगामी शुक्रबार र शनिबार काठमाडौंको रोयल नेपाल गल्फ क्लबमा सञ्चालन हुनेछ ।

प्रतियोगितामा १७ विधाका खेलहरू आयोजना हुनेछन् । जसमा विभिन्न उमेर समूहका महिला तथा पुरुष खेलाडीहरूको सहभागिता रहने आयोजकले जनाएको छ । गल्फ खेलप्रति रुचि जगाउने, प्रतिभा प्रस्फुटन गराउने तथा खेलकुदको आनन्द दिने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको कम्पनीले जनाएको छ ।

नेपालमा पर्याप्त सम्भावना हुँदाहुँदै पनि गल्फ खेलको विस्तार अपेक्षित रूपमा हुन नसकेको पृष्ठभूमिमा यस टुर्नामेन्टले खेलको प्रबर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ । प्रतियोगिताका विभिन्न विधामा आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ ।

‘होल इन वन’ विधामा सिप्रदी ट्रेडिङले टाटा नेक्सन केथ्री विद्युतीय गाडी पुरस्कार राखेको छ । त्यस्तै, अन्य विधाका विजेताहरूलाई सिम्रिक एयरले दुई जनाका लागि स्काई डाइभिङ प्याकेज, कैलाश हेलिकप्टरले एक जनालाई गोसाइँकुण्ड हेलिकप्टर भ्रमण तथा अन्य आकर्षक उपहारहरू प्रदान गर्नेछ ।

यसै अवसरमा सलिकोलगायत आयोजकले निर्जीवन बीमाको महत्त्वप्रति ध्यानाकर्षण गराउँदै जोखिम व्यवस्थापनको आवश्यकता बढ्दो रहेको उल्लेख गरेका छन् । खेलकुद गतिविधिमा सहभागी खेलाडी तथा सर्वसाधारणबीच बीमाप्रतिको सचेतना विस्तार गर्नु पनि प्रतियोगिताको उद्देश्य रहेको आयोजकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्