नेभिगेशन
अर्थतन्त्र

फोटोन टोटल केयरको सेवा देशव्यापी

काठमाडौं – फोटोनले आफ्नो बिक्रीपछिको सेवा प्रणाली ‘फोटोन टोटल केयर’मार्फत देशभर ग्राहक–सन्तुष्टिलाई नयाँ उचाइमा पुर्‍याउँदै उपस्थितिलाई अझ मजबुत बनाएको छ ।

नेपालका विभिन्न भूभागमा सजिलै सेवा उपलब्ध गराउने उद्देश्यसहित कम्पनीले देशका विभिन्न स्थानमा १७ वटा सेवा केन्द्र सञ्चालनमा ल्याइसकेको छ, जसले शहरदेखि ग्रामीण भेगसम्मका गाडीधनीलाई भरपर्दो सेवा प्रदान गर्दै आएको छ ।

फोटोन टोटल केयरअन्तर्गत नियमितमर्मत, आकस्मिक सहयोग, जेन्युइन स्पेयर पार्टस्, वारेन्टी सुविधा, रोडसाइड असिस्टेन्स तथा डेडिकेटेड कस्टमर सपोर्टजस्ता सेवा समावेश छन् । प्रशिक्षित र प्रमाणित प्राविधिकद्वारा एक सय प्रतिशत जेन्युइन पार्टस् प्रयोग हुने भएकाले गाडीको आयु, प्रदर्शन र सुरक्षा दुवैमा सकारात्मक प्रभाव पर्नु फोटोनको प्रमुख बलका रूपमा देखिन्छ ।

ग्राहकमैत्री सेवामा जोड दिने फोटोनले पछिल्लो समय सर्भिस क्याम्प, क्विक रेस्पोन्स हेल्पलाइन तथा प्रोएक्टिभ फलोअपहरूमार्फत सेवा स्तर थप सुदृढ पारेको छ । हालै सम्पन्न मेगा मनसुन सर्भिस क्याम्पमा देशभरका प्रयोगकर्ताले गाडी चेकअप, सर्भिसिङ सहयोग र विशेषज्ञ परामर्श प्राप्त गरेका थिए ।

नेपालको बढ्दो व्यावसायिक तथा व्यक्तिगत मोबिलिटी आवश्यकता पूरा गर्न फोटोन निरन्तर प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ । फोटोनका गाडीहरूको अधिकृत वितरक एमएडब्लू वृद्धि कमर्शियलले देशभर विस्तार भइरहेको शोरूम तथा सर्भिस नेटवर्कमार्फत विश्वस्तरीय सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्