नेभिगेशन
मनोरञ्जन

जासूसी कथामा आमिरको ‘ह्याप्पी पटेल’

आमिर खान प्रोडक्सनले आफ्नो नयाँ फिल्म ‘ह्याप्पी पटेल’ निर्माण गर्ने घोषणा गरेको छ । यो फिल्म हलिउड–बलिउड शैली मिसिएको एक अद्वितीय जासूसी कथा भएको बताइएको छ । यो फिल्मा अभिनेता तथा हास्य– कलाकार वीर दास निर्देशनमा डेब्यू गर्दै छन् । फिल्ममा वीर दास स्वयं र मोना सिंह मुख्य भूमिकामा देखिँदै छन् ।

निर्माताहरूले फिल्मको घोषणा अत्यन्तै रमाइलो तरिकाले गरे । सार्वजनिक गरिएको ३ मिनेटको भिडियो आमिर खानको संवाद र वीर दासलाई पिटेको ध्वनिबाट सुरु हुन्छ, जहाँ आमिरले विगतमा फ्लप फिल्म बनाएको कारण वीर दासमाथि सबैजना लागेको जस्तो अभिनय गर्छन् । भिडियोमा आमिरले वीर दासलाई फिल्ममा एक्सन, रोमान्स र आइटम नम्बर कसरी देखाउने भनेर सोधेको देखिन्छ । यी सबै कुरामा दर्शकको प्रतिक्रिया कस्तो हुन्छ भन्ने चिन्ताले आमिरलाई तर्साइरहेको देखिन्छ । यिनै संवाद र दृश्यहरूको संयोजनले घोषणालाई मनोरञ्जनात्मक र अलग बनाएको छ, जसले फिल्म स्वयं पनि पूर्णतया फरक अनुभूति दिने संकेत गर्छ ।

फिल्म १६ जनवरी, २०२६ मा थिएटरमा रिलिज हुने तालिका छ । उल्लेखनीय रूपमा, आमिर खानका भतिजा इमरान खान यसै फिल्ममार्फत पुनरागमन गर्दैछन्, जसले प्रोजेक्टप्रति दर्शकको उत्सुकता थप बढाएको छ ।

लगान, तारे जमीन पर, दंगल र सेक्रेट सुपरस्टारजस्ता नवीनता बोकेका परियोजनाहरू प्रस्तुत गरिसकेको आमिर खान प्रोडक्सनले ‘ह्याप्पी पटेल’लाई अर्को साहसी र अनौठो फिल्मको रूपमा अघि सारेको छ । वीर दासले यसअघि ‘डेल्ही बेली’मा काम गरिसकेका हुँदा यो उनको ब्यानरसँग दोहोरो सहकार्य पनि हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन