काठमाडौं – नेपालमा जेसीबीको अधिकृत डिस्ट्रीब्युटर एमएडब्लू अर्थमुभर्स प्रालिले सन् २०२० र त्यसअघि बिक्री भएका सबै जेसीबी मेसिनहरूका लागि देशव्यापी ‘नेशनल मेसिन हेल्थ चेकअप क्याम्पेन’ सुरु गरेको छ ।
२० नोभेम्बरदेखि ३१ डिसेम्बरसम्म सञ्चालन हुने यस अभियानले पुराना मेसिनहरूलाई सुरक्षित, भरपर्दो र उत्कृष्ट अवस्थामा राख्न ग्राहकलाई सहयोग गर्ने लक्ष्य राखेको छ ।
अभियानअन्तर्गत जेसीबी मालिकहरूले तालिमप्राप्त प्राविधिकबाट आफ्नो मेसिनको निःशुल्क हेल्थ चेकअप गराउन सक्नेछन् । यस चेकअपले मेसिनमा हुनसक्ने समस्या पहिचान गर्न मद्दत गर्ने मात्र नभई मेसिनको प्रदर्शन सुधार्न पनि सहयोग पुर्याउने कम्पनीले जनाएको छ । साथै, ग्राहक सुविधाका लागि जेन्युइन जेसीबी लुब्रिकेन्ट र स्पेयर पाट्र्समा १५ प्रतिशत छुट, र अथराइज्ड जेसीबी वर्कसपमा सर्भिस तथा मर्मतमा २० प्रतिशत छुट प्रदान गरिएको कम्पनीले जनाएको छ ।
यो अभियान नेपालका धनगढी, सुर्खे त, नेपालगंज, दाङ, बुटवल, चितवन, काठमाडौं, पोखरा, वीरगंज, जनकपुर, इटहरी र बिर्तामोड स्थित सबै १२ शाखामा लागू भएको छ । यसरी ग्राहकले आफ्नै नजिकको शाखाबाट सजिलो सेवा पाउन सक्नेछन् ।
एमएडब्लू अर्थमुभर्सले सबै योग्य जेसीबी मालिकहरूलाई यो अवसर उपयोग गरी आफ्नो मेसिन आगामी वर्षका लागि राम्रो अवस्थामा तयार राख्न आग्रह गरेको छ ।