नेभिगेशन
प्रदेश

खैरेनीघाटमा बेलीब्रिज राखिँदै

काठमाडौं – सिन्धुली–रामेछाप सीमाको सुनकोशी नदीको खैरेनीघाटमा फलामे पुल जडानको काम सुरु भएको छ । २०८१ असोजमा रोशी र सुनकोशी नदीमा आएको बाढीले नेपालथोकनजिक खैरेनीघाटको पक्की पुलमा भत्काएको थियो । उक्त पुल बगाएका ठाउँमा बेलीब्रिज राख्न सुरु गरिएको हो ।

खैरेनीघाटमा सिन्धुली–रामेछाप आवतजावत सहज बनाउन ७० मिटर लामो सिंगल लेन बेलीब्रिज जडान हुँदैछ । पुलको भारवहन क्षमता २० टन छ । भारतले सहयोगमा उपलब्ध गराएको पुल खैरेनीघाटमा जडान भइरहेको हो । भारतले हालै नेपाल सरकारलाई प्राकृतिक विपत्तिका कारण अवरुद्ध सडक सञ्जाल जोड्न १० वटा बेलीब्रिज दिएको छ । त्यहीमध्येको एउटा खैरेनीघाटमा जडान गर्न लागिएको हो । बेलीब्रिजका उपकरणहरू खैरेनीघाटसम्म ढुवानी भइसकेका छन् । बेलीब्रिज जडानका लागि भारतीय प्राविधिकहरू पनि खैरेनीघाटमा छन् । गत वर्षको बाढीले पुलसम्म पुग्ने सडकमा पूर्णरूपमा क्षति पुर्‍याउँदा यो पुलमा पनि क्षति पुगेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्