नेभिगेशन
प्रदेश

बाली थन्क्याउने मेलाे

काभ्रेको पनौती–९ सुन्थान क्षेत्रमा किसान आलु भित्र्याउँदै । यो क्षेत्रमा आलु बाली वर्षमा दुईपटक हुन्छ । उत्पादन राम्रो छ तर, धेरै किसानले लगाउन घटाइसकेका छन् । बजारमा बाह्रैमास बिक्री हुने आलुको उत्पादनमा मुलुक आत्मनिर्भर छैन । भन्सार विभागको पाँच वर्षको तथ्यांक हेर्दा बर्सेनि ६ देखि ८ अर्ब रुपैयाँ बराबरको आलु आयात भइरहेको छ । गत आर्थिक वर्ष २०८१/८२ मा ७ अर्ब १० करोड ४२ लाख रुपैयाँ बराबरको २ लाख ८७ हजार टन आलु आयात भएको तथ्यांक छ । नेपालमा आलुको वार्षिक उत्पादन करिब ३१/३२ लाख मेट्रिक टन छ भने माग करिब ३३ देखि ३७ लाख मेट्रिक टन छ । तस्बिर : विजेन अमात्य/ नेपाल फोटो लाइब्रेरी ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्