नेभिगेशन
विश्व

गोवाको क्लबमा भएको आगलागीमा चार नेपालीको मृत्यु

नयाँदिल्ली । भारतको गोवास्थित पर्यटकीय रिसोर्ट क्षेत्रमा रहेको भारतीय नाइटक्लबमा आगलागी हुँदा चार जना नेपालीसहित २५ जनाको मृत्यु भएको अधिकारीहरूले सोमबार बताएका छन् । आइतबार गोवामा भएको आगलागीको घटनामा चार जना नेपाली नागरिकसहित २५ जनाको ज्यान गएको घटना प्रति दुःख व्यक्त गर्दै  नेपालका राजदूत शंकर शर्माले विज्ञप्ति जारी गर्नु भएको छ ।

उनले विज्ञप्तिमार्फत शोकाकुल परिवारहरूप्रति समवेदना प्रकट गर्दै  घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको लागि प्रार्थना गर्नुभएको छ । मृतकहरू मध्ये अधिकांश भारतीय नागरिक रहेको र मुख्यतया नाइट क्लबका कर्मचारीहरू, साथै नयाँ दिल्लीबाट छुट्टी मनाउन आएकाहरू थिए ।

बर्च नामक नाइटक्लबको भान्सामा ग्यास सिलिन्डर विस्फोट भएपछि आगलागी भएको अनुमान गरिएको छ । गोवाको लोकप्रिय समुद्र तट नजिकै रहेको सो क्लबमा बलिउड डीजे प्रस्तुतिका लागि भीड लागेको थियो ।

अधिकांशको मृत्यु निस्सासिएर भएको बताइएको छ । क्लबका म्यानेजरलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने क्लबधनीलाई पक्राउ पुर्जी जारी गरिएको छ ।

सरकारी तथ्यांक अनुसार यो वर्षको पहिलो छ महिनामा करिब पाँच लाख ५० हजार पर्यटक गोवा पुगेका छन्, जसमा २ लाख ७० हजार विदेशी पर्यटक थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्