नेभिगेशन
अर्थतन्त्र

दराजको १२.१२ सेल अफर

काठमाडौं – दराज नेपालले वर्षकै सर्वाधिक ठूलो शपिङ सिजनको ग्राण्ड फाइनलका रूपमा डिसेम्बर ११ राति ८ बजे लाइभमार्फत १२.१२ ग्राण्ड इयर एण्ड सेलको अफर घोषणा गरेको छ । दराजका अनुसार ग्राहकहरूले ८० प्रतिशतसम्मको फ्ल्यास सेल, ७० प्रतिशतसम्मको मेगा डिल, र छानिएका सामानहरूमा निःशुल्क ढुवानी सुविधा दिएको छ ।

१२.१२ सेलमा साझेदार ब्राण्डहरूमार्फत सेलका लागि प्लाटिनम पार्टनर सेताफिलले ४१ प्रतिशतसम्मको छुट, गोल्ड पार्टनर होटो, ब्राण्डहाउस र एईबीबीमार्फत ६० प्रतिशतसम्म छुट र सिल्भर पार्टनर स्ट्रिक्स, नाइक र लोट्टो नेपालका तर्फबाट ५० प्रतिशतसम्मको छुट हुने जानकारी दिएको छ ।

सेलको प्रमुख आकर्षणका रूपमा क्रेजी फ्ल्याश सेलका साथै, सीमित स्टकमा उपलब्ध गरिने र सीमित अवधिभर दैनिक फ्ल्यास सेल प्राइस ड्रप अफरबाट लाभ उपभोक्ताले लिन सकिने छ । यसपटक, खल्ती वालेट प्रयोगकर्ताहरूका लागि सेल अवधिभर १० प्रतिशतसम्म अधिकतम २०० रुपैयाँ नबढ्नेगरी छुटलगायत अफरहरूको पनि ब्यवस्था गरिएको छ । यो सुविधामार्फत क्याशलेस भुक्तानीलाई सहज र लाभदायक बनाउनका लागि उल्लेख्य तेवा पुग्नेमा कम्पनी विस्वस्त रहेको छ ।

दराजले यसपटक एड टू कार्ट एण्ड विन र बाई एण्ड विन फिचरमार्फत ७ जना भाग्यशाली ग्राहकहरूले विभिन्न आकर्षक उपहारहरू जित्न सक्ने र एड टू कार्ट एण्ड विन अन्तर्गत, १० हजार रुपैयाँभन्दा बढीका सामान कार्टमा राख्दा एक भाग्यशाली ग्राहकले अलेवा स्टील स्मार्टवाच, ड्रिपपड्स इयरबड्स, र गिज्मो पावर बैंकलगायत उपहारहरू जित्ने सुनौलो रहेको छ ।

बाई एण्ड विनअन्तर्गत, कुनै पनि पेमेन्टका माध्यमबाट पाँच हजार भन्दा बढीको अर्डर गर्ने ग्राहकले उपहारहरूका लागि लक्की ड्रमा सहभागिता हुनेछ । सन् २०१५ मा स्थापित दराज, दक्षिण एसियाकै अग्रणी ई–कमर्स प्लेटफर्म हो । यसले पाकिस्तान, बंगलादेश, श्रीलंका, नेपाल र म्यानमारमा आफ्नो सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

दराजले ५० करोडभन्दा बढी जनसंख्या भएको क्षेत्रमा अत्याधुनिक प्रविधिको प्रयोगमार्फत बिक्रेता र उपभोक्ताहरूलाई जोड्दै आएको छ । ई–कमर्स, ढुवानी, भुक्तानी तथा वित्तीय सेवाहरू समेट्ने समग्र पूर्वाधारको विकास गर्दै, दराजले दक्षिण एसियाली समुदायलाई व्यापारको शक्तिबाट सशक्त बनाउने उद्देश्य लिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्