नेभिगेशन
अर्थतन्त्र

आईसीएफसीको साधारणसभाबाट लाभांश पारित

काठमाडौं – आईसीएफसी फाइनान्स लिमिटेडले आफ्नो बाइसौं वार्षिक साधारणसभा सोमबार सम्पन्न गरेको छ । साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट चुक्ता पुँजीको १५.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव पारित गरेको छ ।

यस्तै, सभाले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि बाह्य लेखापरीक्षकमा ‘एसएआर एसोसिएट्स’ चार्टर्ड एकाउन्टेन्टस्लाई नियुक्त गरेको छ । एक अर्ब अठार करोड चौंतीस लाख रुपैयाँ चुक्तापुँजी रहेको फाइनान्सले २१ वटा शाखा कार्यालयमार्फत एक लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ । फाइनान्सले गत असोज मसान्तसम्म २१ अर्ब ४४ करोड निक्षेप संकलन गरी १७ अर्ब ७३ करोड कर्जा प्रवाह गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्