नेभिगेशन
अर्थतन्त्र

प्रोटोन इमासको एक्सचेञ्ज अफर

काठमाडौं – जगदम्बा मोटर्सको इलेक्ट्रिक सवारीसाधन (ईभी) ब्राण्ड प्रोटोन इमासले काठमाडौं र चितवनमा एक्सचेञ्ज अफर सञ्चालन गर्ने भएको छ । कम्पनीले पुस ६ देखि ८ गतेसम्म सो अफर सञ्चालनमा ल्याउने जनाएको छ ।

काठमाडौं उपत्यकामा यो कार्यक्रम ललितपुरस्थित संस्कार फाइन डाइन एण्ड इभेन्ट्समा सञ्चालन हुनेछ भने चितवनमा मिलनचोकस्थित प्रोटोन इमास शोरूममा उपलब्ध हुनेछ । तीन दिनसम्म चल्ने यस कार्यक्रममा ग्राहकहरूले आफ्ना पुराना सवारीसाधन एक्सचेञ्ज गरी प्रोटोन इमासका इलेक्ट्रिक सवारी खरिद गर्न सक्नेछन् । कम्पनीका अनुसार एक्सचेञ्ज अफरअन्तर्गत ग्राहकहरूलाई प्रोटोन इमासका प्रमुख विशेषता, सेवा सुविधा तथा उपलब्ध अफरका फाइदाबारे विस्तृत जानकारी प्रदान गरिनेछ ।

प्रोटोन इमास ७ मा १६० किलोवाट क्षमताको शक्तिशाली मोटर जडान गरिएको छ । साथै, यसमा १८० मिमी ग्राउण्ड क्लियरेन्स, एनईडीसी रेञ्ज ४९२ र ५८५ किलोमिटर रहेको कम्पनीले जनाएको छ । उन्नत सुरक्षात्मक प्रणाली र प्रिमियम डिजाइनसहित आएको यस इलेक्ट्रिक सवारीको लम्बाइ ४६१५ मीमी रहेको छ । कम्पनीले यो विशेष एक्सचेञ्ज अफरमार्फत ग्राहकहरूलाई अत्याधुनिक प्रविधियुक्त ईभीमा अपग्रेड गर्ने उत्कृष्ट अवसर प्रदान गर्ने विश्वास व्यक्त गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्