नेभिगेशन
अर्थतन्त्र

नेपाल बैंकको टपअपमा बोनस योजना

काठमाडौं – नेपाल बैंक लिमिटेडले ग्राहक र कर्मचारी लक्षित ‘टपअप गरौं, बोनस पाऔं’ योजना ल्याएको छ । बैंकले डिजिटल बैंकिङ व्यवसाय अभिवृद्धिका उद्देश्यले एफवान सफ्ट इन्टरनेशनल प्रालिसँगको सहकार्यमा बोनस दिने टपअप योजना सञ्चालनमा ल्याएको हो ।

योजनाअन्तर्गत बैंकको एनबीएल मोबाइल एपबाट २०० रुपैयाँ वा यो भन्दा बढीको टपअप गर्दा ८० जनाले १०० रुपैयाँका दरले बोनस पाउनेछन् । यो योजना पुस महिनाभरी लागु हुने बैंकले जनाएको छ । टपअप गर्नेहरूको घोषणा योजनाको अवधि पूरा भइसकेपछि गरिने छ । यो अभियानले डिजिटल बैंकिङ अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको बैंकले जनाएको छ । नेपाल बैंकका हाल देशभरमा २३१ शाखा र २३७ एटीएम छन् । बैंकले ६१ वटा एक्स्टेन्सन काउन्टरको सञ्जालमार्फत करिब २७ लाख ग्राहकलाई वित्तीय सेवा दिइरहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्