नेभिगेशन
अर्थतन्त्र

गोदरेज अप्लायन्सेजको विश्वकप टी–२० अफर

काठमाडौं – गोदरेज अप्लायन्सेजले नेपालीका लागि मुम्बई पुगेर टी–२० क्रिकेट प्रतियोगिता हेर्न पाउने अफर ल्याएको छ । उसका सामान खरिदमा उपभोक्तालाई भारतमा उक्त प्रतियोगितामा नेपालका खेल हेर्न मुम्बई यात्रासम्मको अवसर दिने भएको हो । यसका लागि कम्पनीले ‘मेक अ थटफुल चोइस, बी द लाउडेस्ट भोइस’ नामक अभियान सार्वजनिक गर्दै अफर घोषणा गरेको छ ।

कम्पनीका अनुसार अभियान अवधिमा गोदरेज अप्लायन्सेजका उत्पादन खरिद गरी अफरमा सहभागिता जनाउने भाग्यशाली ग्राहकले वानखेडे रंगशालामा हुने टी–२० अन्तर्राष्ट्रिय खेल हेर्न पाँच दिने मुम्बई यात्रा जित्नेछन् । नेपाली क्रिकेट प्रेमीहरूका लागि यो अवसरले सपना साकारको अनुभव हुने कम्पनीको विश्वास छ ।

यो अफर योजनाअन्तर्गत गोदरेज अप्लायन्सेजका विभिन्न उत्पादन खरिद गर्दा ग्राहकले अन्य आकर्षक उपहारसमेत प्राप्त गर्नेछन् । फ्रन्ट लोड वाशिङ मेसिनको खरिदमा ३ केजी एरियल डिटर्जेन्ट पाउनेछन् भने टप लोड तथा सेमी–अटोमेटिक मेसिन खरिदमा विद्युतीय केतली उपहार छ । एयर कन्डिसनर खरिदमा निःशुल्क जडानको सुविधा दिइने कम्पनीको अफरमा छ । लक्की ड्रमा सहभागी हुन ग्राहकले गोदरेज वारेन्टी कार्ड नम्बर, उत्पादनको नाम, ग्राहकको नाम र ठेगाना टाइप गरी ३१००३ मा सन्देश पठाउनुपर्ने व्यवस्था गरिएको छ । यो उपभोक्ता अभियान सीमित अवधिका लागि मात्र लागू हुने जनाइएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्