नेभिगेशन
राजनीति

‘जनताले परिवर्तन खोजेको छ’

सबैको धारणा हेर्दा निर्वाचन हुनुपर्छ भन्ने आएको छ । एक–दुई दलबाट अदालतमा मुद्दा छ, त्यसबारेमा के हुन्छ भन्ने एउटा प्रश्न उठेको देखिन्छ । तर निर्वाचन हुनुहुँदैन भन्ने कसैको पनि भावना वा त्यस्तो विचार रहेको छैन ।

मुख्य कुरो के हो भने, मैले बारम्बार भन्ने पनि गरको े छु, यो परिस्थितिको सिर्जना होस् भनेर कसैले चाहेको र सोचेको थिएन । यो परिस्थिति अचानक आएको हो । भदौ २४ र २४ गतेको जुन एउटा हाम्रो सोच– समझभन्दा बाहिरको कहालीलाग्दो घटना घट्यो, हामीले कल्पना पनि गरका थिएनौ े ं, त्यसपछिको एउटा परिवर्तन आएको छ र समाजले, मुलुकले सबैले भनौं न, सिंगो राष्ट्रले एउटा परिवर्तनको आवश्यकता छ भन्ने कुरा महसुस गर्‍यो ।

नयाँ युवा शक्तिहरू अगाडि आए । त्यसमा एउटा चुनौती भनेको युवा वर्गलाई अग्रपंक्तिमा ल्याउने, उनीहरूलाई कसरी मुलुकको सत्ता शासन वा हरेक क्षेत्रमा अघि बढाउने भन्ने अवधारणा आएको छ, सबैमा आएको छ । सबैमा त्यो भावना आयो कि अब त अलिकति परिवर्तन ल्याउनुपर्ने रहेछ ।

जेनजीले उठाएका दुई–तीनवटा प्रश्न छन्, ती प्रश्नको समाधान हुनुपर्छ भन्ने कुरा सबैलाई लागेको पनि हो । जेनजीले माग गरेको कुरा पूरा गर्नुपर्छ भनेर सबैले महसुस गरेको पनि छ । यसमा दुईमत नै छैन ।

निर्वाचन भनेको हाम्रो लागि कुनै एउटा संकटको घडी होइन । खुसीको घडी हो, उत्साह हो, एउटा परिवर्तनको मार्ग हो ।

आजसम्म नेपालमा केही परिवर्तन निर्वाचनले ल्याएको पनि छ । क्रान्ति वा विद्रोहले पनि परिवर्तन ल्याउँछ तर त्यहाँ हत्या–हिंसा हुन सक्छ, मारकाट हुन्छ । तर निर्वाचनले शान्तिपूर्ण तरिकाबाट विस्तारै परिवर्तन ल्याउँदै जान्छ । एउटा वर्गबाट अर्कोमा शान्तिपूर्ण सत्ता हस्तान्तरण गर्दै लैजान्छ र प्रणालीमा सुधार गर्छ ।

फेरि पनि भन्न चाहन्छु – यहाँ न कोही वादी छौं न प्रतिवादी । म त कानुनी भाषा बोल्ने मान्छे परँ। आफ्ना–आफ्ना मनमा के े कुरा छन्, त्यो अलग कुरा हो । त्यो पोख्नु, तिक्तता निखार्नु स्वाभाविक पनि हो । कुन दललाई के कुरामा चित्त बुझेको छैन, त्यो त आफ्नो–आफ्नो कुरा हो । तर आखिर यो देशको सर्वेसर्वा भनेको जनता जनार्दन हो । हामीले कुनै पनि राजनीतिक दलभित्र आफ्नो भागबण्डा मिलेन, आफूबीचमा कुनै मनोमालिन्य भयो भने त्यसको नकारात्मक असर, त्यसको प्रताडना जनतालाई दिनुहुँदैन । आफ्नो राजनीतिक दलभित्रको समस्याको नकारात्मक छाप सिधै जनतामाथि पार्न मिल्दैन ।

लोकतन्त्रमा जनताको रोजाइको विषय हुन्छ । एउटा दलले राम्रो काम गर्न सकेन भने अर्को दललाई पनि जिताएर ल्याउन सक्छ । यो जनताको इच्छाको कुरा हो । यहाँ महान् भनेको जनता नै हो । राजनीतिक दल भनेको त्यसपछिको मात्र कुरा हो । जनताको सेवा गर्नका लागि हो, राजनीतिक दल । त्यसैले जनता के चाहन्छन्, अहिलेको माग र भावना के हो, त्यो मूल कुरा हो। भदौ २३ र २४ गते जुन किसिमको आन्दोलन भयो, हत्याहिंसा भयो, नाबालकहरू मारिए, त्यसको घाउ अहिले पनि मनमा गढेको छ । त्यसको छाप मान्छेहरूमा परेको छ । त्यसले जनतामा प्रभाव परेको छ । हामीले के सन्देश दिने त त्यसो भए ? किन हामीले परिवर्तन गर्ने ? केको लागि परिवर्तन गर्ने ? के खोजेको हो जेनजीले र युवा पुस्ताले ? हामीले त विचार गर्नुपर्‍यो नि ।

मेरो गोरुको बाह्रै टक्का भनेर न हामी सफल हुन सक्छौँ, न त्यो सफलताको मार्ग नै हो। जनताले परिवर्तन खोजेको छ भने राजनीतिक दलले पनि सच्चिनुपर्दछ । भर्खर के ै ही दिनअघि जेनजीकै आन्दोलनका सम्बन्धमा बेलायती प्रधानमन्त्रीले भने, पूरै आह्वान गरे– तपाईँ जेनजीहरू आउनुहोस् । हामीले पनि त्यो भन्न सक्नुपर्छ, परिवर्तित समयमा । यहाँ कसले कसलाई दोष लगाउने ? हिजो जे त्रुटि भए, जे गल्ती भए, जेको परिणामबाट भदौ २३ र २४ घट्यो, त्यो आवेगलाई हामी झेलिरहेका छौं ।

आज हामी आलोचनाको पात्र जेनजीबाट पनि भएका छौं भने राजनीतिक दलबाट पनि भएका छौं । हामी अचानो भएका छौं । तर हामीले जे सहनुपरिरहेको छ, जे भोग्नुपरिरहेको छ, जुन किसिमका आक्षेपहरू खेपिरहेका छौं, त्यो त तयार छौं । किनभने त्यो मुलुकका निम्ति हो ।

यो मुलुकमा जन्मेर यतिका समय बिताइसकेपछि, अथवा यो राष्ट्रको यत्रो नुन खाइसकेपछि राष्ट्रको निम्ति केही गर्नुपर्ने हो भन्ने त हाम्रो समझमा छ नि ।

म कसैलाई आक्षेप पनि लगाउँदिनँ । सबैका प्रति साधुवाद छ। कृपया मेरो यति अनुरोध छ, सबै निर्वाचनमा आइदिनुहोस् ।

जहाँसम्म शान्तिको कुरा छ । यो कुरा के हो भने सबै राजनीतिक दल एकताबद्ध भएर शान्ति चाहने हो भने यहाँ कोही माइकालाल छैन, जसले यहाँ आतंककारी हमला गर्न सकोस्, कुनै अपराधीले बन्दुक उठाउन सकोस्, कसैले सक्दैन ।

(बैठकमा प्रधानमन्त्री सुशीला कार्कीको मन्तव्यबाट)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्