नेभिगेशन
राशिफल

२०८२ पुस १० गते बिहीबारको राशिफल

मेष 

काममा सक्रियता बढ्ने दिन छ । सानो प्रयासले पनि राम्रो नतिजा दिन सक्छ । आवेगमा निर्णय नगर्नु राम्रो हुनेछ ।

वृष  

आर्थिक पक्ष स्थिर देखिन्छ । परिवारसँग समय बिताउँदा मन हल्का हुनेछ । खर्चमा संयम राख्नुहोस् । स्वास्थ्य स्थिर रहनेछ ।

मिथुन

सम्पर्क र संवादबाट फाइदा हुनेछ । पढाइ वा सिर्जनात्मक काममा प्रगति देखिन्छ । नयाँ कामको सुरुवात हुने सम्भावना छ ।

कर्कट

भावनात्मक संवेदनशीलता बढ्न सक्छ । शान्त भएर काम गर्दा जिम्मेवारी सजिलै पूरा हुन्छ । प्रेममा सफलता मिल्न सक्छ ।

सिंह

आत्मविश्वास बढ्ने दिन छ । नेतृत्व गर्ने अवसर आउन सक्छ, तर अरूको कुरा पनि सुन्नु उपयोगी हुन्छ ।

कन्या

साना कामहरू व्यवस्थित गर्दा सन्तुष्टि मिल्नेछ । स्वास्थ्यमा सामान्य ध्यान दिनुहोस् । खानपिनमा ख्याल गर्नुहोला ।

तुला

सन्तुलन खोज्ने दिन छ । मित्रता र सहकार्यबाट सकारात्मक ऊर्जा प्राप्त हुनेछ । स्वास्थ्य स्थिर रहनेछ । खर्च बढ्न सक्छ । 

वृश्चिक

गहिरो सोच र एकाग्रता बढ्ने दिन छ । गोप्य योजना बनाउने समय अनुकूल छ । खर्च बढ्नेछ । प्रेममा सफलता मिल्नेछ ।

धनु

नयाँ विचार र उत्साह देखिने छ । यात्रा वा नयाँ सिकाइको सम्भावना छ । नयाँ मानिससँग भेट हुनसक्छ । खर्च बढ्न सक्छ ।

मकर

कर्तव्य र जिम्मेवारीमा ध्यान जानेछ । धैर्यले काम गर्दा मान–सम्मान बढ्न सक्छ । आम्दानी बढ्ने छ । पारिवारिक मेलमिलाप बढ्ने छ ।

कुम्भ

नवीन सोच र फरक दृष्टिकोण उपयोगी हुनेछ । समूहगत काममा सफलता मिल्न सक्छ । नयाँ कायमको सुरुवात हुनेछ ।

मीन

कल्पनाशक्ति र संवेदना बढ्ने छ । कला, संगीत वा ध्यानमा मन जाने सम्भावना छ । काममा व्यस्तता रहने छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राशिफल