नेभिगेशन
अर्थतन्त्र

घट्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम इन्धनको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरशनबाट मूल्य घटे े र आएपछि निगमले पनि समायोजन गरेको हो । निगमका अनुसार भारतबाट पेट्रोल प्रतिलिटर ४.१९ रुपैयाँ, डिजेल ५.०६ रुपैयाँ र हवाई इन्धन ८.१५ रुपैयाँले घटेर आएको छ । निगमले खुद्रा बिक्री मूल्यमा पेट्रोल प्रतिलिटर ४ रुपैयाँ, डिजेल तथा मट्टितेल ५ रुपैयाँ र आन्तरिकतर्फको हवाई इन्धन ६ रुपैयाँ घटाएको छ । अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ काठमाडौंका लागि प्रतिकिलोलिटर अमेरिकी डलर ४२ले मूल्य घटाएको छ ।

निगमले खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर १००.३५ रुपैयाँ बढेर आए पनि उपभोक्ताको हितलाई ध्यानमा राख्दै खुद्रा मूल्य यथावत राखेको जनाएको छ । निगमका अनुसार चारआली, विराटनगर, आमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर १५६ रुपैयाँ ५० पैसा र डिजेल/मट्टितेल १३४ रुपैयाँ ५० पैसा कायम भएको छ । यस्तै, सुर्खेत र दाङ क्षेत्रमा पेट्रोल प्रतिलिटर १५८ रुपैयाँ र डिजेल तथा मट्टितेल १३६ रुपैयाँ कायम भएको छ । यस्तै, काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोल प्रतिलिटर १५९ रुपैयाँ र डिजेल तथा मट्टितेल १३७ रुपैयाँ खुद्रा मूल्य तोकिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्