नेभिगेशन
अर्थतन्त्र

कारोबारसँगै बढ्यो नेप्से

काठमाडौं । शेयरबजारमा सोमबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । नेप्से २८.७३ अंकले बढेर २,६३९.३७ विन्दुमा पुगेको छ । कुल ६ अर्ब ४७ करोड ३७ लाख ३६ हजार रुपैयाँ बराबरको एक करोड २४ लाख ५९ हजार ९५१ कित्ता शेयर किनबेच भएको छ ।

कारोबार भएका २५९ कम्पनीमध्ये २१४ वटाको शेयरमूल्य बढेको छ । ३७ कम्पनीका शेयरधनीले भने गुमाएका छन् । बाँकी आठ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । सूचीकृत १३ वटै समूह बढेका छन् । उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै ३.०५ प्रतिशत बढेको छ ।

त्यसपछि विकास बैंक २.७० प्रतिशत, होटल तथा पर्यटन २.५३, जलविद्युत १.४४, लगानी १.२५ प्रतिशत बढेको छ । यस्तै, बैंकिङ ०.६७, फाइनान्स ०.८३, जीवन बीमा ०.४९, लघुवित्त ०.५३, म्यचुअल फण्ड ०.४३, निर्जीवन बीमा ०.५७, व्यापार ०.२२ र अनय ०.७३ प्रतिशत बढेको छ ।

बजार बन्द हुँदा पाँच वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । सागर डिस्टिलरी, एसवाई प्यानल नेपाल, श्रीनगर एग्रिटेक इन्डष्ट्रिज, बन्दिपुर केवलकार र रुरु जलविद्युत परियोजनाको शेयरमूल्य १० प्रतिशत बढेको छ । सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक २.४९ प्रतिशत घटेको छ ।

शिवम् सिमेन्ट्सको सर्वाधिक ३८ अर्ब ६९ करोड रुपैयाँको शेयर कारोबार भएको छ । लगानीकर्ताको सम्पत्ति सोमबार मात्रै ४८ अर्ब रुपैयाँ घटेको छ । बजार पुँजीकरण ४४ खर्ब ३१ अर्ब रुपैयाँ कायम भएको छ । साधारण शेयरतर्फको बजार पुँजीकरण पनि १७ अर्ब रुपैयाँ बढेर १५ खर्ब चार अर्ब रुपैयाँ कायम भएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्