नेभिगेशन
राजनीति

संस्थापनको काउन्टर भेला

कांग्रेसको संस्थापन पक्षधर नेताहरूले विशेष महाधिवेशनलाई काउन्टर दिन सोही दिन केन्द्रीय कार्यालय सानेपामा विशेष भेला आयोजना गर्ने भएका छन् । पार्टी सभापति शेरबहादुर देउवा निवास महाराजगञ्जमा बिहीबार बसेको अनौपचारिक बैठकले विशेष महाधिवेशनको काउन्टर दिन सोही दिन अर्को कार्यक्रम राखिएको हो । 

बैठकमा सभापति देउवा, केन्द्रीय सदस्य बालकृष्ण खाण, एनपी साउदसहित तरुण दलका अध्यक्ष विद्वान गुरुङ, नेविसंघका अध्यक्ष दुजाङ शेर्पा, महिला संघ अध्यक्ष उषा राउत सहभागी थिए । पुस २७ मा हुने भेलामा नेपाल तरुण दलसहित पार्टीका सबै भ्रातृ संस्थाका अध्यक्ष, पदाधिकारी, सदस्य र जिल्ला सभापतिहरूको सहभागिता रहने छ । उक्त भेलाको संयोजनको जिम्मेवारी तरुण दलका अध्यक्ष विद्वान गुरुङलाई दिइएको छ । त्यस्तै, पुस २८ गते प्रदेश तथा जिल्ला सभापति, महासमिति र महाधिवेशन प्रतिनिधिहरूको भेला गर्ने निर्णय भएको छ । यसको समन्वय बागलुङका जिल्ला सभापति जीत शेरचन र भक्तपुर सभापति दुर्लभ थापालाई दिइएको गण्डकी प्रदेशका सांसदसमेत रहेका शेरचनले जानकारी दिए । शेरचन कांग्रेस नेता कृष्ण सिटौला निकट हुन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्