नेभिगेशन
अर्थतन्त्र

वाणिज्य बैंकको वार्षिकोत्सवका अवसरमा ४१३ जनाले गरे रक्तदान

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको ६१औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा ४१३ जनाले रक्तदान गरेका छन् ।

रक्तदानसँगै निःशुल्क स्वास्थ्य शिविर पनि आयोजना गरिएको थियो । बैंकको केन्द्रीय कार्यालय सिंहदरबार प्लाजामा आयोजित स्वास्थ्य शिविरमा २५० जना कर्मचारीको स्वास्थ्य परीक्षण गरिएको छ ।

२०२२ सालमा पूर्ण सरकारी स्वामित्वमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैंक माघ १० गते स्थापनाको ६० वर्ष पूरा गरी ६१औं वर्षमा प्रवेश गर्दैछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
भर्खरै