नेभिगेशन
अर्थतन्त्र

‘अमेरिका एसटिइएम स्ट्रङ’ आयोजना

काठमाडौं । विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित (एसटिइएम) विषयमा अमेरिकामा अध्ययनका अवसर तथा विश्वविद्यालय र शैक्षिक परामर्शदाता संस्थाबीच सहकार्य विस्तार गर्ने उद्देश्यले ‘अमेरिका एसटिइएम स्ट्रङ २०२६’ आयोजना गरिएको छ । देशभरका ११० भन्दा बढी शैक्षिक परामर्शदाता संस्था, विभिन्न अमेरिकी विश्वविद्यालयका प्रतिनिधि र शिक्षा क्षेत्रका अगुवाको सहभागितामा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा इनयुनी संस्थाका सहनिर्देशक नेत्र कोइरालाले अमेरिकामा एसटिइएम शिक्षाको बढ्दो महत्व, अन्तर्राष्ट्रिय विश्वविद्यालय, विद्यार्थी भर्ना साझेदार तथा परामर्शदाता संस्थाबीचको सहकार्यले विद्यार्थीलाई गुणस्तरीय अन्तर्राष्ट्रिय शिक्षामा मार्गदर्शन गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।

त्यस्तै इनयुनी संस्थाकी अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना तथा साझेदारी विभागकी सहउपाध्यक्ष ब्लेरिना पोलोभिनाले शैक्षिक परामर्शदाता र अन्तर्राष्ट्रिय विद्यार्थीलाई पारदर्शी प्रक्रिया, संस्थागत साझेदारी र भरपर्दो सेवा प्रदान गर्दै आएको बताइन् ।

अक्रोन विश्वविद्यालयका अन्तर्राष्ट्रिय भर्ना तथा संलग्नता निर्देशक मार्टी बेनेटले अक्रोन विश्वविद्यालयको शैक्षिक उत्कृष्टता, विशेषगरी एसटिइएम विषयमा उपलब्ध कार्यक्रम, अनुसन्धानका अवसर, छात्रवृत्ति, क्याम्पस सुविधा तथा अन्तर्राष्ट्रिय विद्यार्थीको भविष्यको रोजगारी सम्भावनाबारे विस् तृत जानकारी दिएका थिए ।

कार्यक्रममा हर्जिङ विश्वविद्यालय तथा लिम संस्थाकी व्यवसाय विकास प्रबन्धक आश्ना श्रेष्ठले शैक्षिक कार्यक्रम, भर्ना प्रक्रिया तथा अन्तर्राष्ट्रिय विद्यार्थीका लागि उपलब्ध सहयोग सेवाबारे जानकारी गराइन् । त्यस्तै अक्रोन विश्वविद्यालयकी वरिष्ठ व्यवसाय विकास प्रबन्धक निशा भट्टराईले आवेदन प्रक्रिया, प्रवेशाज्ञा (भिसा) तयारी सहयोग, छात्रवृत्ति लगायतका विषयमा प्रकाश पार्दै कार्यक्रमको अन्त्यमा आयोजकको तर्फबाट धन्यवाद ज्ञापन गरिन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्