नेभिगेशन
अर्थतन्त्र

विराटनगरमा कजारियाको सोरुम

मोरङ । प्रिमियम तथा नवप्रवर्तनशील टायल उत्पादनमा अग्रणी कजारियाले पूर्वी नेपालमा उपस्थिति थप सुदृढ गर्दै विराटनगरको मुनाल पथमा सोरूम स्थापना गरेको छ । विराटनगर र आसपासका क्षेत्रमा गुणस्तरीय टायलको बढ्दो मागलाई सम्बोधन गर्ने लक्ष्यका साथ न्यु ज्योति ट्रेडर्सले सोरुम स्थापना गरेको हो ।

भीम पराजुली, कोशी प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीको उपस्थितिले क्षेत्रीय औद्योगिक विकासको महत्त्वलाई थप उजागर गर्‍यो। साथै, मिस नेपाल वल्र्ड २०२५ सुश्री लुना लुइटेल र मिस नेपाल अर्थ २०२५ सुश्री सोनी घले को विशेष उपस्थितिले समारोहलाई थप आकर्षक र गरिमामय बनायो। कजारिया रमेश टाइल्स लिमिटेडका निर्देशक श्री हिमांशु अग्रवाल ले रिबन काटेर शोरूमको औपचारिक उद्घाटन भएको थियो।

कार्यक्रममा प्रदेश सभा सदस्य भीम पराजुलीले कजारियाको लगानी र क्षेत्रीय विकासमा पुर्‍याएको योगदानको प्रशंसा गरे । ‘कजारियाजस्ता प्रतिष्ठित ब्रान्डहरू कोशी प्रदेशमा विस्तार हुनु नेपालको उद्योग तथा निर्माण क्षेत्रप्रति बढ्दो विश्वासको संकेत हो । यस्ता पहलहरूले उपभोक्तालाई गुणस्तरीय उत्पादन उपलब्ध गराउनुका साथै स्थानीय रोजगारी र आर्थिक वृद्धिमा समेत योगदान पुर्‍याउँछन् ।

प्रदेश सरकार जिम्मेवार र दिगो औद्योगिक विस्तारलाई प्रोत्साहन गर्न प्रतिबद्ध छ,’ उनले भने । कजारिया रमेशका निर्देशक हिमांशु अग्रवालले नेपालप्रति कजारियाको दीर्घकालीन प्रतिबद्धताबारे प्रकाश पारे । ‘कजारिया सधैं उच्च गुणस्तर, नवीन डिजाइन र भरपर्दो समाधान प्रदान गर्न केन्द्रित रहँदै आएको छ । विराटनगरमा नयाँ सोरूम उद्घाटन पूर्वी नेपालका ग्राहकसम्म हाम्रो विश्वस्तरीय टायल पुर्‍याउने महत्वपूर्ण कदम हो,’ उनले भने ।

कजारिया रमेश टाइल्सले नेपालमै स्थापना गरेको देशकै सबैभन्दा ठूलो टायल उत्पादन उद्योगमार्फत टायल क्षेत्रमा नयाँ मापदण्ड स्थापित गरिसकेको छ । अत्याधुनिक प्रविधियुक्त यस उद्योगले अन्तर्राष्ट्रिय गुणस्तर कायम गर्दै ३ हजारभन्दा बढी डिजाइन विकल्पहरू उपलब्ध गराउँदै आएको छ । हाल कजारियाले नेपालभर १ सयभन्दा बढी सोरूमहरूको सशक्त सञ्जाल विस्तार गरिसकेको जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्