नेभिगेशन
अर्थतन्त्र

सिद्धार्थ बैंकका ग्राहकलाई आईएमई हस्पिटालिटी ग्रुपमा १० प्रतिशत छुट

काठमाडौं । सिद्धार्थ बैंक र आईएमई हस्पिटालिटी ग्रुपबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।

सम्झौताअनुसार लाजिम्पाटस्थित होटल ले हिमालय तथा साके एन्ड फेङ रेस्टुरेन्ट, हर्कपुर तथा बागलुङ स्थित इला कम्फर्ट, मौलाकालीस्थित इला रिसोर्ट, मौलाकाली केबल कार, लुम्बिनी केबल कार र पोखरा स्थित द्लेक रिट्रिटमा बैंकका ग्राहकले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

यस सम्झौताले ग्राहकलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्