नेभिगेशन
अर्थतन्त्र

नेशनल लाइफको सिईओ क्लब सदस्य सम्मान

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कोशी प्रदेशका अभिकर्तालाई बिर्तामोडस्थित होटल द किंग्सबरीमा सिईओ क्लब सदस्य सम्मान कार्यक्रम गरेको छ । आर्थिक वर्ष २०८१/८२ मा तोकिएको बीमाशुल्क संकलन गरी कोशी प्रदेशबाट योग्य भएका ३ सय अभिकर्ता, विभागीय प्रमुखहरू, प्रदेश प्रमुख एवं कोशी प्रदेशअन्तर्गत रहेका शाखा कार्यालयका शाखा प्रमुखहरूको सहभागितामा कम्पनीले सिईओ क्लब सदस्य बन्न सफल अभिकर्तालाई सम्मान गरेको हो ।

कार्यक्रममा सहभागी अभिकर्तालाई प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले सिइओ क्बलको सदस्यता वितरण तथा सम्मान प्रदान गरे । साथै, सो प्रदेशबाट आफ्नो कोडमा र सञ्जालमा प्रथम, द्वितीय र तृतीय हुन सफल अभिकर्ताहरूलाई विशेष सम्मान तथा पुरस्कृत गरिएको छ ।

कम्पनीले वार्षिक योजनाअन्तर्गत जारी गरेको नेशनल अवार्ड योजनाअन्तर्गत नेशनल रत्न तथा नेशनल स्टार विजेता अभिकर्ताहरूलाई पनि नेशनल लाइफ लोगो अंकित चाँदीको मेडल, सर्टिफिकेट र खादाबाट सम्मान गरेको छ ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत खत्रीले सिईओ क्लब र नेशनल अवार्डअन्तर्गत योग्य हुने अभिकर्ताहरूलाई प्रदेश स्तरीय रुपमा सम्मान गर्ने क्रममा कोशी प्रदेशबाट छनोट भएका अभिकर्तालाई सम्मान गरिएको बताए । कम्पनीले ल्याएको सिइओ क्लब कार्यक्रममा नेपाल भरबाट १६ सयभन्दा बढी अभिकर्ता छनौट हुनुले यो योजना अत्यन्तै सफल भएको बताए । कार्यक्रममा चर्चित अन्तर्राष्ट्रिय प्रशिक्षक सैयद अफजल अहमदले मोटिभेसनल तालिम प्रदान गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्