नेभिगेशन
अर्थतन्त्र

नेप्से सामान्य घट्यो, कारोबार रकममा थप उत्साह

काठमाडाैं, १२ माघ

साताको दोस्रो दिन सोमबार शेयर बजार परिसूचक नेप्से सामान्य अंकले घटेको छ । आइतबार ५७.५५ अंकले बढेको नेप्से सोमबार ३.०७ अंकले घटेर २७६९.०९ अंकमा झरेको हो ।

नेप्सेमा सूचीकृत समूहमध्ये ९ समूह घटेका छन् भने ४ समूह बढेका छन् । होटल तथा पर्यटन समूह १.६७, म्युचुअल फन्ड ०.७८, उत्पादन तथा प्रशोधन ०.४० र हाइड्रोपावर ०.०६ प्रतिशतले बढेको छ । लगानी समूह सबैभन्दा धेरै ०.५५ प्रतिशतले घटेको छ । त्यस्तै जीवन बीमा ०.५३, अन्य समूह ०.५०, लघुवित्त ०.४९, वित्त ०.४५, निर्जीवन बीमा ०.१६, बैंकिङ ०.१६, विकास बैंक ०.०६ र व्यापार ०.०२ प्रतिशतले घटेको छ ।

सोमबार कारोबार रकममा भने थप उत्साह देखिएको छ । ३ करोड ६२ लाख ६४ हजार ८७३ कित्ता शेयर खरिद–बिक्री हुँदा १६ अर्ब ३५ करोड ५७ लाख रुपैयाँ बराबरको कारोबार भएको हो । यो रकम आइतबारको तुलनामा धेरै हो । आइतबार पौने १४ अर्बको शेयर किनबेच भएको थियो ।

कुल १६५ कम्पनीको शेयर मूल्य घट्दा ८८ वटाको बढेको छ भने ७ वटाको शेयर मूल्य स्थिर छ । पाँचवटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । एसवाई प्यानल, हिमस्टार ऊर्जा कम्पनी, सान्भी इनर्जी, सप्तकोशी डेभलपमेन्ट बंैक र माउन्टेन हाइड्रो नेपाल कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको हो ।

नेशनल हाइड्रो पावर कम्पनीको सबैभन्दा धेरै ३.१२ प्रतिशतले घटेको छ । त्यस्तै कालिका पावर कम्पनी २.९६, ज्योति विकास बंैक २.९५, सानिमा ग्रोथ फन्ड २.८० र गुहेश्वरी मर्चेन्ट बैंक एन्ड फाइनान्स कम्पनी २.७८ प्रतिशतले घटेको छ ।

सोमबार सबैभन्दा धेरै हिमालयन पावरपार्टनरको ६५ करोड ९३ लाख, आँखुखोला जलविद्युत कम्पनीको ५६ करोड १६ लाख, मञ्जुश्री फाइनान्सको ५२ करोड ३२ लाख, एसवाई प्यानलको ५० करोड १७ लाख र बन्दीपुर केबलकारको ४० करोड ५५ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्