नेभिगेशन
अर्थतन्त्र

डेभिल्ससँग नेपालको ऐतिहासिक टी–२० विश्वकप डेब्यु

काठमाडौं । प्रख्यात एसियाली ब्रान्ड डेभिल्सले नेपाली क्रिकेट इतिहासकै महत्वपूर्ण क्षणलाई प्रोत्साहन गर्दै नयाँ अभियान आरम्भ गरेको छ । ‘डेभिल्स खाऊँ, मुम्बई जाऊँ’ अभियानमार्फत क्रिकेटप्रेमीलाई टी–२० विश्वकपमा नेपालको पहिलो सहभागिताको प्रत्यक्ष साक्षी बन्ने दुर्लभ अवसर प्रदान गरिएको हो ।

अभियानअन्तर्गत एक जना भाग्यशाली विजेताले मुम्बइको वानखेडे स्टेडियममा फेब्रुअरी १५ बिहान ११ः१५ बजे हुने नेपाल र वेस्ट इन्डिजबीचको ऐतिहासिक खेल प्रत्यक्ष हेर्न सबै खर्च समेटिएको भ्रमण जित्नेछन् ।

विश्व क्रिकेटका सबैभन्दा प्रतिष्ठित रंगशालामध्ये एक वानखेडे स्टेडियममा बसेर नेपालको विश्वकप डेब्यु हेर्ने अवसर दिएर डेभिल्सले समर्थकलाई खेलको केन्द्रमा ल्याउने लक्ष्य राखेको जनाएको छ ।

‘डेभिल्स खाऊँ, मुम्बई जाऊँ’ अभियान डेभिल्सको आधिकारिक सामाजिक सञ्जालमार्फत सञ्चालन हुनेछ । सहभागी हुन इच्छुकले डेभिल्सको आधिकारिक पेज फलो गर्नुपर्नेछ, अभियान पोस्टमा सोधिएको प्रश्नको सही उत्तर कमेन्ट गर्नुपर्नेछ र तीन जना साथीलाई ट्याग गर्नुपर्नेछ । पोस्ट सेयर गर्न भने प्रोत्साहन गरिएको छ ।

पुरस्कार प्याकेजमा मुम्बई आवतजावतको हवाई टिकट, खेल प्रवेश टिकट, तीनतारे होटलमा चार दिनको बसाइ (ब्रेकफास्टसहित), एयरपोर्ट ट्रान्सफर, सिटी टुर, दर्शनीय स्थल भ्रमण, पर्यटन कर, तथा वानखेडे स्टेडियम आउजाउको सम्पूर्ण यातायात व्यवस्था समावेश गरिएको छ ।

एसियन थाई फुड्सका निर्देशक आशिष जाजूले भने, ‘टी–२० विश्वकपमा छनोट राष्ट्रका लागि गर्व र ऐतिहासिक क्षण हो । ‘डेभिल्स खाऊँ, मुम्बई जाऊँ’ मार्फत हामी यस उपलब्धिलाई उत्सवका रूपमा मनाउँदै समर्थकलाई स्टेडियममै बसेर इतिहासको साक्षी बन्ने अवसर दिन चाहन्छौं । क्रिकेटले लाखौं मानिसलाई जोड्छ र यो अभियान विश्वमञ्चमा नेपाली टोलीलाई समर्थन गर्ने  हाम्रो प्रयास हो ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्